बुटवल । नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुषालले माथिल्लो तहका ब्यक्तिहरुले दोहोरो कर लिएको कुरा थाहा भएन भन्नु लाजमर्दो भएको बताएका छन् ।
उनले खुलेयाम थाहा हुने कुरा प्रयोग गर्ने माथिल्लो तहका ब्यक्तिहरुले थाहा नपाउने कुरामा के भयो होला भन्दै प्रश्न गरे । उनले सबै भ्रष्टाचारको क्षेत्रमा पनि तल्लो तहले केही थाहा नपाउने बताउँदै सबै कुराहरु माथिल्लो तहका ब्यक्तिहरुले मात्रै रकमको बिषयमा जानकारी पाउने बताए ।
१ सय २५ औँ माओ जयन्तीको अवसरमा आयोजीत नेकपाको एकता : अवसर र चुनौति बिषयक अन्तरक्रियामा बोल्दै स्थायी कमिटि सदस्य भुषालले यो एकता कायम रहेमा यो पांक्तिले जस्तो कार्य अरु कसैले गर्न नसक्ने बताए ।
यदि यो एकता बचाउन नसकेमा हामीले चाहेको क्रान्ती कुनैपनि किसिमबाट पुरा नहुने र नयाँ तत्वहरु उत्पति हुने बताए । अहिले छलाङ मार्ने र भत्काउने माओवादी र केही नगर्ने एमाले बिचको एकता मिल्न नसकेमा क्रान्ती सकिने कटाक्ष गरे ।
उनले सावीकको एमालेले सबै जिल्ला जिल्लामा बनेका पार्टि कार्यलयमा कार्यसमितिको बिषयमा सबैको नाम कार्यालयहरुमा भएको उनले बताए । उनले पार्टि भनेर आफ्नो अस्तीत्व बिर्षन हुन नसक्ने भुषालले बताए ।
फरक प्रसंगमा सरकार आफुहरु संग नभएको प्रसंगमा उनले भने –‘हामीहरु २६ ÷२७ वर्षदेखि सरकारमा छौँ । धेरै न्यायाधिस हामीले चुनेका छौँ । हो भन्दा सत्ता भनेको के हुन्छ ?’
यता नेकपा प्रदेश कमिटि सचिव जग प्रसाद शर्मा अपारले नेकपाको एकताले नेकपाको पहिचान हुन आवश्यक रहेको भन्दै पहिचान र जनता साथमा रहेको पार्टि बनाउन आवश्यक रहेको बताए ।
मदन भण्डारी अध्ययन केन्द्र रुपन्देही र मार्कस्सबादी अध्ययन तथा अनुसन्धान प्रतिष्ठान रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा नेकपाका कार्यकर्ता तथा माथिल्लो तहका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम मदन भण्डारी अध्ययन केन्द्र रुपन्देही अध्यक्ष शिद्वीचरण भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति : मंगलबार, पुष १० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्