पुस अन्त्यसम्म पार्टीभित्र देखिएको समस्या समाधान गर्ने गरी कार्यदल बनाऔँ : प्रचण्ड

पुस अन्त्यसम्म पार्टीभित्र देखिएको समस्या समाधान गर्ने गरी कार्यदल बनाऔँ : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको विवाद समाधान गर्न कार्यदल बनाउनु पर्नेमा जोड दिएका छन् ।

पार्टीको जारी स्थायी समिति बैठकमा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताए । पुस अन्त्यसम्ममा पार्टीभित्र देखिएको सबै विवाद समाधान गर्ने गरी कार्यदल बनाएर अघि बढ्नुपर्छ भनेर अध्यक्ष प्रचण्डले आफ्नो धारणा राख्नु भएको बैठकमा एक स्थायी समिति सदस्यले जानकारी दिए ।

बैठकमा सबै स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् । बुधबार अध्यक्षद्वय प्रचण्ड र प्रधानमन्त्री समेत रहनुभएका केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ ।

अध्यक्ष प्रचण्डले बैठकमा स्थायी समिति सदस्यहरुले राखेको धारणाका बारेमा जवाफ दिँदै अहिले देखिएको विवाद समाधान गर्न कार्यदल बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभएको हो । जारी बैठकबाटै सबै विवाद टुंगो लगाउनुपर्ने भन्दै उहाँले स्थायी समितिबाटै कार्यदल गठन गर्नुपर्नेमा जोड दिए ।

बैठकमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र त्यसमाथि सदस्यहरुले उठाएका जिज्ञासाको सेरोफेरोमा रहेर अध्यक्ष प्रचण्डले आफ्नो विचार व्यक्त गर्नुभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा स्थायी समिति सदस्यले व्यक्त गरेका धारणा पार्टीलाई सुदृढ र शसक्त बनाउनु पर्छ भन्ने भावनाले आएको भन्दै उहाँले यसले पार्टी एकतालाई झन बलियो बनाएको बताए ।

प्रकाशित मिति : बुधबार, पुष ११ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij