राष्ट्रपतिका तर्फबाट जारी विज्ञप्तिमा लापरबाही गर्नेलाई कारबाहीः परराष्ट्र मन्त्रालय

राष्ट्रपतिका तर्फबाट जारी विज्ञप्तिमा लापरबाही गर्नेलाई कारबाहीः परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट बुधबार जारी विज्ञप्तिमा त्रुटी गर्ने कर्मचारीलाई कारबाही गर्ने प्रष्ट पारेको छ।

परराष्ट्र मन्त्रीको निजी सचिवालयबाट बिहीबार जारी विज्ञप्तिमा त्रुटी कसरी भयो भन्ने विषयमा स्पष्टीकरण माग गरिएको जनाउँदै तथ्य पत्ता लागेपछि संलग्नलाई कारबाही गरिने प्रस्ट्याइएको छ।

इण्डोनेशियामा गएको सुनामीसम्बन्धी समवेदना सन्देशको सन्दर्भमा परराष्ट्र मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा भएको त्रुटी र त्यसप्रति आमसञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाइएको छ।

‘राष्ट्रपतिज्यूबाट इण्डोनेशियाका राष्ट्रपतिलाई प्रेषित सन्देशमा त्रुटी भएको नभई मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा यस्तो त्रुटी हुन गएको देखिन्छ, त्रुटीप्रति मन्त्रालयले तत्कालै क्षमायाचनासहित स्पष्ट पारिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : बिहिबार, पुष १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij