एन्जेलिना जोली अमेरिकी राष्ट्रपति पदमा उठ्ने चर्चा

एन्जेलिना जोली अमेरिकी राष्ट्रपति पदमा उठ्ने चर्चा

बुटवल । हलिउड अभिनेत्री एन्जेलिना जोली चाँडै नै अमेरिकी राजनीतिमा प्रवेश गर्ने संकेत देखिएको छ ।

बीबीसी टुडेसँग अन्तर्वार्ता दिँदै उनले २० वर्षअघि राजनीतिमा प्रवेश गर्ने कुरालाई अस्वीकार गरेको भए पनि अहिले आवश्यक पर्ने जुनसुकै क्षेत्रमा पनि प्रवेश गर्न सक्ने बताएकी छिन् ।

संयुक्त राष्ट्र संघ शरणार्थी आयोगकी सद्भावना दूतसमेत रहेकी जोली शुक्रबारको बीबीसी टुडे कार्यक्रमकी गेस्ट एडिटर थिइन् । अभिनेत्री जोली शरणार्थी, यौन हिंसा तथा प्रकृति संरक्षणका मुद्धामा सक्रिय प्रचारकका रुपमा काम गर्दैै आएकी छिन् ।

कार्यक्रम प्रस्तोता जस्टिन वेबसँग कुरा गर्दै जोलीले अमेकिरी राजनीति, सामाजिक सञ्जाल, यौन हिंसा तथा शरणार्थीका कारण उत्पन्न भएको वैश्विक संकटका बारेमा कुरा गरेकी थिइन् ।

उनलाई अमेरिकी राष्ट्रपति पदका लागि पनि चुनाव लड्न चाहनुहुन्छ भनेर प्रश्न सोधिएको थियो । उनको जवाफ यस्तो थियो, ‘यदि तपाईँले मलाई यो प्रश्न २० वर्षअघि सोधेको भए मलाई हाँसो उठ्थ्यो । मैले सधैँ भन्ने गरेकी छु, जहाँ मेरो आवश्यक हुन्छ, त्यहीँ जान्छु । यदि म राजनीतिमा फिट हुन्छु भने अवश्य जान्छु ।’ उनी अगाडि भन्छिन्, ‘म सरकारसँग काम गर्न सक्षम छु । सेनासँग काम गर्न पनि सक्षम छु ।’ उनले यति भन्दै अहिले चाहिँ सबै कुरा बोल्न नचाहेको बताइन् ।

जब जस्टिन वेबले त्यसो भए राष्ट्रपति पदको नामाङ्कनका लागि डेमोक्र्याट्सले बनाएको ३०–४० जनाको सूचीमा तपाईँको पनि नाम हुन सक्छ भन्ने प्रश्नमा उनी केही बोलिनन् । उनले वेबलाई धन्यवाद भने दिइन् ।

प्रकाशित मिति : शनिबार, पुष १४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij