यी हुन् संसारमा सबैभन्दा बढी फेसबुक लाइक्स भएका सेलिब्रेटी

यी हुन् संसारमा सबैभन्दा बढी फेसबुक लाइक्स भएका सेलिब्रेटी

संसारमा सबैभन्दा बढी फेसबुक फलोअर्स भएका १० सेलिब्रिटीको बारेमा यहाँ उल्लेख गरिएको छ।

क्रिस्टियानो रोनाल्डो

पोर्चुगिज व्यवसायिक फुटबलर क्रिस्टियानो रोनाल्डो संसारमा सबैभन्दा बढी फेसबुक फलोअर्स भएका सेलिब्रिटी हुन् । ३३ वर्षीय रोनाल्डो ट्विटरमा पनि सबैभन्दा बढी फलोअर्स भएका सेलिब्रिटीमा पर्छन् ।
लाइक्स— १२ करोड २५ लाख, २२ हजार

शाकिरा
कोलम्बियन गायिका शाकिराको स्वरले मात्र होइन, उनको नृत्यले पनि धेरैलाई लठ्याउँछ । उनी गाउने मात्र होइन, शब्द पनि सिर्जना गर्छिन् । शाकिरा व्यापारीसमेत हुन् ।
लाइक्स— १० करोड १८ लाख, ७३ हजार

भिन डिइसेल
भिन डिइसेल अभिनेता हुन् । उनी अरूलाई उत्प्रेरणा जगाउने खालका स्टाटसहरू अपडेट गर्छन् ।
लाइक्स— ९ करोड ८६ लाख

लियो मेस्सी
अर्जेन्टिनाका फुटबल खेलाडी मेस्सीले स्पेनिश क्लब एफसी बार्सिलोना तथा अर्जेन्टिनाको राष्ट्रिय टिमका लागी खेल्छन् । मेस्सीले फेसबुकमा परिवारसँग घुमघाम गरेको र विभिन्न स्थानमा खेल प्रदर्शन गरेका तस्बिर पोस्ट गर्छन् ।
लाइक्स— ८ करोड, ९८ लाख, ९४ हजार ४ सय ३२

इमिनेम
इमिनेम अमेरिकन ¥यापर, चलचित्र निर्माता तथा अभिनेता हुन् । ४६ वर्षीय इमिनेम गीतका शब्दसमेत सिर्जना गर्छन् ।
लाइक्स— ८ करोड, ८१ लाख

रिहाना
रिहाना बहुमुखी प्रतिभाकि धनी हुन् । उनी व्यापारी, कूटनीतिज्ञ, गायिका, अभिनेत्री तथा डान्सर हुन् । ३० वर्षको उमेरमै उनले पाएको सफलता लोभलाग्दो छ ।
लाइक्स— ७ करोड ९९ लाख ७३ हजार, ३ सय १७

जस्टिन विवर
क्यानेडियन गायक तथा गीतकार जस्टिन विवरले फेसबुकमा आफूले दिएका सांगीतिक प्रस्तुतिहरूको भिडियो, रोमान्टिक तथा रमाइला खालका तस्बिर अपलोड गर्छन् । त्यस्तै उनी रमाइला खालका भिडियोसमेत सेयर गर्छन् ।
लाइक्स— ७ करोड ७५ लाख ८७ हजार २ सय ५३

विल स्मिथ
अमेरिकी अभिनेता विल स्मिथ ¥यापरसमेत हुन् । सन् २००७ मा न्युजविक म्यागेजिनले उनलाई द मस्ट पावरफूल एक्टर इन् हलिउड् भनेर लेखेको थियो । उनी ५ वटा गोल्डेन ग्लोब अवार्डमा नोमिनेट भएका थिए । स्मिथले ४ वटा ग्राम्मी अवार्ड जितेका छन् ।
लाइक्स— ७ करोड ७३ लाख ६४ हजार ६ सय ६०

माइकल ज्याक्सन
पप संगीतका राजा माइकल ज्याक्सन सन् २००९ मा मरेर गएपनि प्रशंसकहरूले उनको पेजमा फोटो अपलोड गर्न छाडेनन् । उनको फेसबुक एकाउन्टमा पुराना तस्बिर तथा उनका पुराना प्रस्तुतिहरू निरन्तर अपडेट भैरहेका छन् ।
लाइक्स—७ करोड २८ लाख ८३ हजार ८९४

टेलर स्विफ्ट
अमेरिकी गायिका टेलर स्विफ्ट ब्यापक मिडिया कभरेज पाउने सेलिब्रिटी हुन् । उनी हिजोआज सामाजिक सञ्जालमा पहिले जस्तो सक्रिय त छैनन् । यद्यपि उनका प्रशंसकहरूले भने उनलाई बिर्सिएका छैनन् । टेलर आफ्नो फेसबुकमा विभिन्न ठाउँका सांगीतिक प्रस्तुतिको भिडियो तथा तस्बिरहरू पोस्ट गर्छिन् ।
लाइक्स— ७ करोड २४ लाख २६ हजार ९ सय ६४

(https://www.dailydot.com मा प्रकाशित रिपोर्टमा आधारित – साप्ताहिकबाट )

प्रकाशित मिति : सोमबार, पुष १६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij