राणाले २९ औँ प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हाल्दै

राणाले २९ औँ प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हाल्दै

काठमाडौँ – चोलेन्द्रशम्शेर राणा २९ औँ प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हाल्दै छन् । राणाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

राणाले झण्डै चारवर्ष प्रधानन्यायाधीशको रुपमा काम गर्न पाउने छन् । यसअघि २०४८ सालदेखि २०५२ सालसम्म विश्वनाथ उपाध्यायले पाँचवर्षका लागि सर्वाेच्च अदालतको प्रधानन्याधीशको जिम्मेबारी सम्हालेका थिए ।

वीर शमशेरका पनाति पुस्ताका सदस्य चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशको पदमा पुगेसँगै उनका अगाडि अदालतलाई सुधारेर लैजाने पर्याप्त अवसर र चुनौती छन् । राणासमक्ष पछिल्ला केही वर्षदेखि धुमिल बन्दै गएको अदालतको छवी सुधार गर्न पर्याप्त अवसर रहेको काननुविद भीमार्जुन आचार्य बताउँछन् ।

‘प्रधानन्यायाधीश पदमा रहिरहन चार वर्ष लामो समय पाउने भएकोले छोटो अवधी पाएका प्रधानन्यायाधीशको भन्दा फरक रुपमा काम गरेर देखाउने ठूलो अवसर राणाले पाएका छन्, तर विगतमा राणाको आफ्नै छवी पनि विवादमुक्त छैन, त्यसैले पर्याप्त अवसर र केही चुनौतीका बीच प्रधानन्यायाधीश बनेका राणाले आगामी दिनमा कुन बाटो अपनाउनेछन् त्यसैमा न्यायालयको सुुधार भर पर्छ’, आचार्यले भने ।

अदालतमा न्याय प्रभावित पार्ने काम गरिरहेका विचौलियालाई नियन्त्रण गरी स्वच्छ न्याय पाइन्छ भन्ने जनआस्था वृद्धि गर्नु राणाका लागि प्रमुख चुनौती रहेको आचार्यको बुझाई छ ।

पछिल्ला केही वर्षयता अदालतमा हुने मुद्दामा विचौलियाहरुको प्रवेश, आर्थिक चलखेल, वषौँसम्म अदालतमा मुद्दा अल्झने र जनताले न्याय सहज रुपमा नपाउने समस्या विद्यमान छन् ।

अदालतभित्र विकृति र विसंगति बढ्दै गए पनि त्यसलाई कम गर्ने भन्दा बढाउनेतिर प्रधानन्यायाधीशहरु स्वयम् नै लाग्ने गरेको आरोप पनि जबर्जस्त रुपमा लाग्ने गरेको छ । राणाले आफ्नो कार्यकालमा यस्ता कुराहरुमा सुधार गर्न सक्नु नै उनका लागि अर्काे ठूलो चुनौती रहेको आचार्य बताउँछन् ।

न्यायाधीश बन्न समेत योग्य नरहेको जस्ता गम्भीर उजुरी परे पनि संसदीय सुनुवाई विशेष समितिले राणालाई प्रधानन्यायाधीशका लागि मंगलबार अनुमोदन गरेको हो। अदालतलाई सुधार गरेर स्वच्छ न्याय सम्पादन गर्न सक्ने खुबी राणामा देखिएकोले उनको नाम अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

यता करिब चार महिना सर्वोच्च अदालतको नेतृत्व गरेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले जाँदाजाँदै आगामी दिनमा भविष्यमा न्यायपालिका स्वतन्त्र होस् भनेर विज्ञप्ति जारी गरेका छन् ।

प्रकाशित मिति : बुधबार, पुष १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij