संवेदनशील विषयमा पनि अफवाह फैलाईयो: प्रधानमन्त्री

संवेदनशील विषयमा पनि अफवाह फैलाईयो: प्रधानमन्त्री

काठमाडौं । सरकारले गरेका संवेदनशील काममा पनि विभिन्न तहबाट अफवाह र भ्रामक सूचना फैलाईएको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आश्चर्य व्यक्त गरेका छन् ।

आईतबार प्रतिनिधि सभा संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले गरेका राम्रा काममा पनि यावत किसिमका अफवाह र भ्रामक सूचना फैैलाईएको प्रति आफूलाई आश्चर्यलागेको बताएका हुन् ।

यो वर्ष भित्र नै धेरै नागरिकले राष्ट्रिय परिचयपत्र पाउने गरी काम गरिरँदा अनेकानेक अफवाह फैलाईएको भन्दै उनले यसप्रति आफू आश्चर्यमा परेको बताएका हुन् ।

उनले यो मात्रै नभएर सरकारका जस्ता सुकै राम्रा काममा पनि आलोचना र भ्रामक सूचना फैलाएर अफवाह फैलाउने काम भईरहेको भन्दै यस्तो नगर्न पनि उनले सबैलाई आग्रह गरेका छन् ।

उनले सामाजिक सुरक्षा योजनामा प्रतिपक्षी काँग्रेसले सानो मुख लगाएको भन्दै जस काँग्रेसले नै लिएपनि हुने बताए ।

उनले आफूले यसमा जस नलिएको भन्दै आफ्नो कार्यकालमा नयाँ युगको सुरुवात मात्रै भएको बारे सबैलाई जानकारी दिएको प्रतिक्रिया दिए ।

आफूले प्याटन राईट र कपि राईटको बारेमा बहस नगरिरहेको भन्दै जसले जस लिएपनि हुने बताए ।

प्रकाशित मिति : आइतबार, पुष २२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij