बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाव दिन खबरदारी सभा गर्ने

बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाव दिन खबरदारी सभा गर्ने

रुपन्देही – नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाव दिने उदेश्यले खबरदारी सभा गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला गत वर्ष माघ ३ गते बुटवललाई अस्थायी राजधानी तोकेको थियो।

अस्थायी राजधानी घोषणाको वर्षगाठको दिन पारेर कांग्रेस रुपन्देहीले स्थायी राजधानी घोषणा गर्न दबाव दिने उदेश्यले खबरदारी सभा गर्न लागिएको कांग्रेसले जनाएको छ। कांग्रेस रुपन्देहीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रदेशसभाले ६ महिनाभित्र स्थायी राजधानी घोषणा गर्ने उल्लेख गरेपनि त्यसको कार्यान्वयन नगरेकोमा आपत्ति जनाएको छ।

कांग्रेस सभापति एंव पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले कांग्रेसले बुटवललाई अस्थायी राजधानी तोकेको भन्दै अब दुई तिहाईको कम्युनिष्ट सरकारले पनि बुटवललाई नै स्थायी राजधानी तोक्नुपर्ने बताए। उनले प्रदेशसभाले आफ्नो सवैधानिक अधिकार प्रयोग गर्न नसक्नु दुःखद भएको बताए। पूर्वाधार, सञ्चार, यातायात एंव सबैको सहजताका लागि बुटवल नै उपयुक्त भएकाले स्थायी राजधानी तोक्न अलमल गर्ने नपर्ने उनको भनाई छ।

नेकपा सरकारले राजधानी बुटवलबाट सार्ने षड्यन्त्र गरिरहेको भन्दै कांग्रेसले त्यसका विरुद्ध खवरदारी गर्न पनि कार्यक्रम गरिएको सभापति रज्जाकले बताए। पश्चिम नवलपरासीदेखि बर्दियासम्मका जनताका लागि बुटवल नै उपयुक्त थलो भएको कांग्रेसका पूर्व सभापति रामचन्द्र ढकालले बताए।

भूगोलको आधारमा कहि पनि राजधानी नतोकिएको भन्दै अन्य पूर्वाधारका हिसाबले रुपन्देहीमा कसैको विमत्ति नहुने उनको दावी छ। माघ ३ गते बुटवलमा खबरदारीसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांण, पार्टीका प्रवत्ता तथा युवा नेता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कंडेल, मानबहादुर विक लगायत शिर्ष नेताहरू आउने कार्यक्रम रहेको सचिव रामकृष्ण खाँणले जानकारी दिए।

बुटवलको ट्राफिक चोकमा हुने खवरदारी सभापूर्व बुटवल राजमार्ग चौराहाबाट जनप्रर्दशन समेत गरिने कार्यक्रम रहेको छ। प्रदेश सरकार गठन भएको एक वर्ष पुग्न थालेको अवस्थामा सरकारले जनताको पक्षमा कुनै पनि रचनात्मक कार्य गर्न नसकेको पनि कांग्रेसले आरोप लगाएको छ। कर वृद्धि, गाडी खरिदमा अनियमितता जस्ता समस्या देखा परेकाले सरकारले जनताको पक्षमा काम गर्न नसकेको ठहर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

प्रकाशित मिति : बुधबार, माघ २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij