काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्विट्जरल्यान्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री ओलीले मञ्चको ‘दक्षिण एसियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रलाई सम्बोधन गर्ने छन्।
प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार साँझ पौने ७ बजे सुरु हुने सत्रलाई सम्बोधन गर्नेछन्। विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, ठूला कम्पनीका कार्यकारी प्रमुख, आर्थिक तथा कुटनीतिक क्षेत्रका तीन हजार भन्दा धेरै सहभागी मञ्चको बैठकको हिजो डाभोसमा उद्घाटन भएको हो। बैठकमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो।
प्रधामन्त्री ओलीले दुईवटा औपचारिक सत्रलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम अन्तर्गत बुधबार ‘सेपिङ दी फ्युचर अफ डेमोक्रेसी’ शीर्षकमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।
सोमबार डाभोस पुगेकाे प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डललाई जुरिच अन्तर्राष्ट्रिय विमानस्थलमा स्विटजरल्याण्डका लागि नेपाली राजदूत दिपक धितालले स्वागत गरेका थिए। १९ सदस्यीय प्रतिनिधिमण्डल माघ १२ गते स्वदेश फर्किनेछ।
प्रकाशित मिति : मंगलबार, माघ ८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्