सिन्धुली : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले कम्युनिस्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरेका छन्।
शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ ग्वालटारमा योद्वा बाबुराम बरालको सालिक अनावरण गर्ने क्रममा सभापति देउवाले यस्तो बताएका हुन्। कार्यक्रममा सभापति देउवाले राणा, पञ्चायत र राजा सबैलाई कांग्रेसले नै हटाएको र अब कम्युनिस्टलाई पनि सरकारबाट हटाउने दाबी गरे।
उनले भने, ‘ राणा, पंचायत र राजालाई सत्ताबाट हटाएको नेपाली कांग्रेसले नै हो अब कम्युनिष्ट सरकारलाई हटाउने पालो आएको छ र हामी त्यो छिट्टै पूरा गर्नेछौँ।’ शुक्रबार प्रतिपक्षीलाई पेलेरै संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास गरेर वर्तमान कम्युनिष्ट सरकारले अधिनायकवाद लाद्न थालेको देउवाको आरोप छ।
प्रकाशित मिति : शनिबार, माघ १२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्