प्रदेशसभा : लैंगिक हिंसा विरुद्ध जुट्दै सांसद महिला

प्रदेशसभा : लैंगिक हिंसा विरुद्ध जुट्दै सांसद महिला

बुटवल – पुस २३ मा गुलरिया बर्दियाका नरबहादुर बोहोराले आफ्नी पत्नी शुष्मा बोहोराको हत्या गरे । २ चिचिला सन्तानको बिचल्ली पारे । नेपाली सेनामा कार्यरत नरबहादुर अहिले प्रहरी हिरासतमा छन् ।

यीनै नरबहादुरको क्रुरताले पुस २९ मा प्रदेश सभा ५ मा स्थान पायो । घटनाको बेलीविस्तार लगाइन् बर्दियाकी सांसद लौटी थारुले । उनले घटनाको निन्दा मात्रै गरिनन् घरेलु हिंसा पीडकलाई आजीवन कारावासको माग गरिन् । ‘महिलाले कति सधैं घरेलु हिंसा झेल्ने ? अब हिंसा गर्नेलाई आजीवन काराबास हुनुपर्छ,’ लौटीले भनिन्, ‘घरघरमा महिलाहरु हिंसामा परेका छन् । प्रदेश सरकारले यसको विरुद्ध कार्यक्रम चलाओस् ।’

महिलामाथि हुने सबैभन्दा धेरै हिंसा हो घरेलु हिंसा । घरेलु हिंसा बढ्दै जादा पछिल्लो समयमा हत्याका घटनासमेत बढेका छन् । ‘अब सहनुहुन्न अन्याय विरुद्ध नीतिगत तहबाटै काम गर्नुपर्छ जस्तो लाग्यो,’ लौटीले सुनाइन्, ‘त्यसैले विशेष समय लिएर बोलें।’ लौटी कमैया बसेकी महिला हुन् । कमैया, सुकुम्वासी र महिलाका समस्या उनलाई नजिकबाट थाहा छ। ‘यसैले पहिलो पटक सुकुम्वासीको समस्याकाबारेमा बोलेकी थिए“ ।’ उनले सुनाइन् ।

मुस्लिम समुदायबाट सांसद बनेकी फौजीया नासुम पनि अहिले सक्रिय बन्दै गएकी छन् । कपिलवस्तुकी फौजिया कहिले महिला समूहको छलफलमा त कहिले मुस्लिम संघसस्थास“ग सम्बन्धीत समूहस“गको छलफल र अन्तरक्रियामा हुन्छिन् ।

आफ्नो जिल्लाबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने महिलास“ग पनि उनको जमघट हुन्छ । ‘प्रदेश सभामा के कस्ता योजना लैजाने भनेर समूह र क्षेत्रमा छलफल लागेकी हु“।’ फौजियाले सुनाइन्, ‘मबाट मुस्लिम समुदायसहितका महिलाहरुले ठूलो परिवर्तनको अपेक्षा राखेका छन् । त्यसलाई पूरा गर्नुछ ।’

कपिलवस्तुबाट समानुपातिक सदस्य बनेकी फौजीयाको मुस्लिम इत्तिहाद संघ, अनेमसंघ लगायतमा काम गरेको अनुभव छ । ‘मेरो प्रतिनिधित्व मुस्लिम, महिला र अल्पसंख्यक समुदायको उत्थान र सशक्तिकरणका लागि हो,’ कालो बुर्काको सट्टा सेतो वा गुलाबी रंगको घुम्टो ओडेर प्रदेश सभामा आउने फौजीयाले भनिन् ‘उनीहरुलाई पनि अरु सरह बनाउन शिक्षा, स्वास्थ्य र रोजगारीको लागि पहल गर्दै छु ।’

प्रदेश ५ मा ३२ जना महिला सांसद छन् । उनीहरु देख्दा सामान्य नै लाग्छन् । तर, पारिवारीक, सामाजीक र राजनीतिक जीवनमा नीकै ठक्कर र हन्डर खाएका छन् । धर्म, संस्कार र परम्पराका नाममा भएका विभेद र विभेदले जन्माएको हिंसा सहेका भुक्तभोगी छन् ।

पूर्व कम्लरी बर्दियाकी कृष्णी थारु त्यसको ज्वलन्त उदाहरण हुन् । २० दिनको महिला साक्षरता कक्षाले लेखपढ जानेकी कृष्णीले प्रदेश सांसद मात्रै होइन उपसभामुखकै जिम्मा पाएकी छिन् । प्रदेश सभा सञ्चालन गर्न होस् वा बहस तथा भाषण गर्न उनी अहिले स्नातक तह पढेका सांसदभन्दा कमजोर लाग्दिनन् । प्रदेश सभाको औपचारिक र अनौपचारिक कार्यक्रम दुवै काममा उनी सक्रिय छिन् । ‘धेरैले पढेर जान्ने हुनुभयो । म परेर सिक्दैछु,’ उपसभामुख कृष्णीले सुनाइन्, ‘जिम्मेवारी पाए“ ।

यो ठूलो कुरा हो त्यसलाई निभाउने सीपमा कमजोर हुनेछैन।’ महिला हिंसाको विरोध, सशक्तिकरण, कम्लरी, मुक्त कमैया लगायतका कार्यक्रम कृष्णीका प्राथमिक कार्यक्रम हुन् । ‘कम्लरी छ“दा पेटभरि खाना खाने र गालीको सट्टा माया पाउने दिन कहिले आउँला भनेर सपना बुन्थे।’ उपसभामुखले भनिन् ‘अहिले प्रदेशसभामा के के मुद्धा उठाउदा समुदायकै जीवनस्तर परिवर्तन होला भनेर छलफल र गृहकार्यमा छु।’

१८ वर्ष कम्लरी जीवन बिताएकी उनको प्रमुख लक्ष्य नै कम्लरी प्रथाको व्यवहारिक अन्त्य र महिला सशक्तिकरणमा काम गर्नु छ । ‘प्रदेश सभाभित्र र बाहिर, नीति निर्माण र बजेट विनीयोजन दुवैतिरबाट आवाज उठाएकी छु,’ कृष्णीले भनिन् ‘किनभने मेरो प्रतिनिधित्व महिला, पछाडि परेको वर्ग, जाति तथा समूहको उत्थान र सशक्तिकरणका लागि हो।’
बा“केबाट प्रतिनिधित्व गरेकी पार्वती पुन मगर त्यसको अर्को उदाहरण हुन् ।

रुकुममा जन्मे हुर्केकी उनले जातिय र वर्गीय विभेदले पारेको असर नीकै भोगिन् । यसैले जनयुद्धमा लागिन् । ‘कि आफै मरिएला कि त मारिएला भन्ने अवस्थाबाट अहिले नीति निर्माण तहमा पुगेकी छु ।’ पार्वतीले भनिन् ‘त्यसैले योजनावद्ध रुपमा काम गर्ने गृहकार्यमा छु।’ पार्वतीको ठम्माइमा पछिल्लो समय जातियता, क्षेत्रीयता लगायतका भावनाले मिलेर बसेको समुदाय क्षतविक्षत भएको छ । यसैले जातियता भन्दा माथि उठेर वर्गीय हीतमा काम गर्ने उनले सोच छ । ‘महिला, आदिवासी जनजाति प्राथमिकताका क्षेत्र हुन् नै ।’ पार्वतीले भनिन् ‘समुदायलाई यसमाथि उठेर एकतामा बा“ध्न र वर्गीय उत्थानकालागि काम गने योजना छ ।’

अर्घाखा“चीबाट कांग्रेसको तर्फबाट सांसद बनेकी निर्मला क्षेत्री कांग्रेस सचेतक पनि हुन् । यो हिसाबमा उनले प्रदेशसभा र सरकारमा हुने हरेकगतिविधि नियाल्नुपर्छ । त्यसमा कतै कमजोरी भए प्रतिपक्षका हिसाबले पहिल्यै सचेत बनाउनुपर्छ । यो त उनले गरेकै छिन् । यसमाथि प्रमुख ध्यान छ, महिला सशक्तिकरण र सामाजीक रुपान्तरणका अभियान चलाउन ।

उनलाई धेरै मतदाताले सामाजिक विकास र महिला हिंसा विरुद्धका अभियान चलाउन सुझाव दिएका छन् । ‘बोक्सी, बालविवाह, बहुविवाह लगायतका हिंसा मेरो क्षेत्रमा बढी छन् ।’ निर्मलाले भनिन् ‘यसका विरुद्ध सशक्त कार्यक्रम लैजान आवश्यक छ।’ वैदेशीक रोजगारीमा जाने युवा तथा महिलालाई गाउ“घरमै स्वरोजगारका कार्यक्रम चलाउने योजना अगाडि बढाउने उनको अर्को योजना छ ।

‘वैदेशीक रोजगारले केही रकम आएपनि निकै धेरै सामाजीक र पारिवारिक विचलन ल्याएको छ ।’ निर्मलाले भनिन् ‘यसलाई रोक्न प्रदेश स्तरबाटै गाउ“घरमा आयआर्जन र स्वरोजगारमूलक कार्यक्रम चलाउन चाहन्छु।’

राष्ट्रिय जनता पाटीकी एक्ली सांसद हुन् कल्पना पाण्डे । पहाडी जिल्ला अर्घाखा“चीमा जन्मे हुर्केकी यी तराई केन्द्रित पाटीकी सांसद बनिन् । पाटीका एजेण्डादेखि आफ्ना समुदाय र क्ष्ँेत्रका योजना लैजानु पर्ने उनको एक्लो जिम्मेवारी छ ।

यो जिम्मेवारीसँगै लैंगिक समविकासका लागि लैंगिक हिंसा र सामाजिक विभेद विरुद्ध काम गर्ने उनको योजना छ । ‘महिला त्यसमा पनि मधेशका महिला धार्मिक, सामाजिक र सांस्कृतिक हिंसाले थिचिएका छन्,’ कल्पनाले सुनाइन्, ‘उनीहरुको सशक्तिकरणका लागि नीति निर्माण र योजना निर्माणमा काम गर्ने सबैभन्दा ठूलो सपना छ।’

प्युठानकी तारा जीसी पनि राष्ट्रिय जनमोर्चाकी एक्ली सांसद हुन् । लामो समय भारतमा अखील नेपाल मूल प्रवाह एकता समाजमा काम गरेकी उनीबाट आप्रवासी समुदायले पनि ठूलो परिवर्तनको आशा गरेका छन् ।

उनका भनाइमा नागरिकले राज्यका हरेक तहमा सहज पहु“च खोजेका छन् । विकासका हरेक योजनामा सहभागिता खोजेका छन् । ताराले सुनाइन् ‘स्रोत साधनको उपयोगमा महिला र विकटका नागरिकको पहुँच र उपयोग बढाउन भूमिका खेल्ने मेरो योजना हो ।’

रुपन्देहीकी सांसद दिपा विकलाई दलित हुनुको पीडा र महिलाको पीडाले समय समयमा झस्काउ“छ । ‘यसैले महिला र दलित हुनुको पीडा अबको पुस्तालाई भुलाउने गरी सामाजीक रुपमान्तरणमा काम गर्नुछ,’ उनले भनिन्,‘व्यक्ति भन्दा ठूलो अधिकार प्राप्ति, उपयोग र पहिचान रहेछ। त्यसमा सिष्टम बसाल्ने कानुन बनाउने छौं।’

अधिकांश सांसद महिलाका योजना भौतिक भन्दा सामाजीक विकासमा केन्द्रित देखिएका छन् । भौतिक विकाससँगै सामाजीक रुपान्तरणका लागि लैंगिक समानता र महिला पुरुषको समविकासमा काम गर्ने उनीहरुको योजना छ ।

रुपन्देहीबाट सांसद बनेकी रमा अर्यालले लैंगिक समविकासका लागि महिलालाई पुरुषको स्थानसम्म पुर्याउन महिला पुरुष मिलेर त्यस्ता अभियान चलाउने योजना बनाएको बताइन् ।

‘महिलाले महिलाका मात्रै कुरा गर्छन् भन्ने आरोप लाग्न सक्छ तर महिला मात्रै देशमा झण्डै ५१ प्रतिशत छन् ।’ उनले प्रष्टाइन्् ‘हरेक मानवलाई १० महिना कोखमा राखेर जन्म दिने र हुर्काउने पनि त महिला नै हुन् । त्यसैले महिलाका कुरा सबैका हुन् । पुरुषलाई पनि साथ लिएर काम गर्नेछौ“।’

नीति निर्माणकर्ता र उपभोक्ता दुवैले अहिले पनि विकास भन्नासाथ भौतिक विकासलाई मात्रै बुझ्ने गरेका छन् । धेरैले सामाजीक रुपान्तरण तथा चेतनाको विकासलाई विकास हो भन्ने ठान्दैनन् । सडक, विद्यालय भवन र पुलपुलेसा बन्दा धेरैले प्रत्यक्ष विकासको अनुभूति गर्न सक्छन् । हुनत सामाजीक विकास र रुपान्तरणको मापन भौतिक विकास सरह गर्न सकिदैन।

‘तर सामाजीक रुपान्तरण नहुने हो भने विद्यालय भवन बनाएर मात्रै विद्यार्थी पढ्न जाँदैनन् ।’ रुपन्देहीकी सांसद विमला पन्थीले भनिन् ‘हो यसकै लागि सांसद महिला सामाजीक रुपान्तरण र चेतना विकासमा लाग्ने योजनामा छौ।’ यो योजना हरेक प्रदेश र देश दुवैका लागि उपयोगी हुने उनले बताइन् ।

यी सबै काम सांसद महिलाले एक्ला एक्लै गर्न सक्दैनन् । उनीहरुबीच एकता, समन्वय र सहकार्य आवश्यक छ । त्यसका लागि के गर्ने ? उपसभामुख थारुले भनिन् ‘हामी गरेर देखाउछौं । सांसद महिलाहरुबीच एजेण्डाहरुबीच छलफल र सहकार्यकालागि काम सुरु भएको छ।’

सबैनीतिको मूल नीति राजनीति हो । त्यसमा पनि कानुन निर्माण ठूलो कुरा हो । त्यसकै अगुवाइ पनि प्रदेशसभामा महिलाले गरेका छन् । ‘नीति बनाउने कामको अगुवाई गरेका छौं,’ प्रदेश मामिला तथा कानुन समिति सभापति दामाकुमारी शर्मा भन्छिन् ‘महिलामैत्री कानुन निर्माण र लैंगिक समविकासकालागि यो समिति रोजेकी हु“।’

सञ्चारिका फिचर सेवा, सञ्चारिका समूह प्रदेश ५

प्रकाशित मिति : बिहिबार, माघ १७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij