प्रहरी बढुवा विवाद, एसपी उप्रेतीले “म अयोग्य रहेछु” भन्दै दिए राजीनामा

प्रहरी बढुवा विवाद, एसपी उप्रेतीले “म अयोग्य रहेछु” भन्दै दिए राजीनामा

काठमाडौं : शनिबार बेलुका नेपाल प्रहरीका एसएसपी र एसपी पदमा बढुवा सिफारिस भएको छ । बढुवामा चरम पक्षपाती भएको भन्दै एक एसपीले राजीनामा दिएका छन् । महानगरीय अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन् ।

संगठनले अयोग्य ठानेर बढुवा नदिएपछि राजीनामा दिएको उनले बताए । ‘मेरो करिअर चौपट बनाइदिए,’ उनले भने,‘त्यही कारण अब पदमा बस्नु उचित ठानिन ।’ बढुवामा अन्य प्रहरी अधिकारीले पनि असन्तुष्टि जनाएका छन् । यसपटकको बढुवामा नेताका निकट प्रहरी अधिकारीले छलाङ मारेको आरोप लागेको छ ।

को-को भए बढुवा ?
१४ जना एसपी एसएसपी बढुवाको सिफारिसमा परेका छन् । जसमा सन्दीप भण्डारी पहिलो नम्बरमा सिफारिस भएका छन् । यसअघि उनी तेस्रो नम्बरमा थिए । त्यस्तै टेकप्रसाद राई, दोस्रो, उमेशराज जोशी तेस्रो र श्यालाल ज्ञवाली चौथो नम्बरमा सिफारिसमा परेका छन् । तयस्तै डा. गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त कुँवर र भिमप्रसाद ढकालको पनि बढुवा सिफारिस भएको छ ।

त्यस्तै २६ जना डिएसपी एसपी बढुवामा सिफारिस भएका छन् । जसमा रमेश बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रबिन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाई, डा.मेखबहादुर खत्री, बिनोद सिलवाल, भिम दाहाल छन् ।

त्यस्तै रमेश थापा, प्रकाश रानाभाट, बिमल कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्ण प्रसाद कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्याम महतो, कृष्ण पंगेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर छन् । विवादका कारण डिआईजीको रिक्त पदमा भने बढुवा सिफारिस रोकिएको छ ।

प्रकाशित मिति : आइतबार, माघ २७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij