‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता

‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता

चैत्र २२ लाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘लभ स्टेशन’मा समावेश ‘घाम जुन चाहिदैन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

यो गीतमा सुगम पोखरेल र रेश्मा पुनको आवाज छ भने दिपक शर्माको शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक प्रदिप खड्का र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ । भियतनामको रमणिय लोकेशनमा यो गीतको भिडियो खिचिएको छ ।

गीतको भिडियोको लोकेशन उत्कृष्ट छ । गीतको अडियो भने औषत मान्न सकिन्छ ।

भिडियोलाई शिशिर खातीले कोरियोग्राफी गरेका हुन् । यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रले प्रेमको एउटा स्टेशनको कथा भन्नेछ ।

चलचित्रमा नायक खड्का म्यूजिक क्षेत्रमा लागेको एक व्यक्तिको भूमिकामा देखिएका छन् ।

चलचित्र ‘लभ स्टेशन’मा गोविन्द शाही, कृषु शाही र कविरविक्रम शाहीको लगानी छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij