धन प्राप्तिको लागि उत्तर फर्केर गराै पूजा

धन प्राप्तिको लागि उत्तर फर्केर गराै पूजा

हामी सवैको घरमा पूजागर्ने प्रचलन छ । पूजागर्नले मनमा शान्ति तथा शरीरमा आध्यात्मिक उर्जाको वृद्धि हुन्छ । आध्यत्मिक उर्जाले व्यक्तिमा नकारात्मक सोचलाई परास्तगर्दै सकारत्मक सोंच वढ्दछ । त्यसैले हाम्राऋषिमुनिले प्रातकालमा पूजागर्ने पद्धतिको विकास गरेका हन् । पूजागर्नको लागि उपर्यूक्त स्थानपनि चयन हुनुपर्ने वास्तुले वताएको छ । पूजागर्ने सही कोण र दिशा भयो भने गरेको पूजा आराधनाले सहज आत्मवल प्राप्त हुन्छ । त्यसैले सके सम्मपूजास्थान वास्तुले चयनगरेको स्थानमा हुनुपर्छ । पूजास्थल यसरी निर्माण गर्नुपर्दछ, सके सम्म पूजागर्ने व्यक्तिको मुख पूर्व अथवा उत्तर दिशा होस् । वास्तुका ग्रन्थले वताए अनुसार धन प्राप्तिको लागि उत्तर र ज्ञान प्रप्तिको लागि पूर्व फर्केर पूजा गर्नुराम्रो हो ।
– पूजा स्थल ईशान्य कोणमा (उत्तर–पूर्व) दिशामा निर्माण गर्नु पर्ने हुन्छ । इशान्यकोणमा कुचो, पोछा, फोहोर राख्नु हुदैन ।
– पूजा स्थानमा ब्रह्मा, विष्णु, शिव, सूर्य, कार्तिकेयको मुख पूर्व तथा पश्चिम मुख राम्रो हुन्छ ।
– पूजास्थलको फर्सआदी वनाउदा पहेलो रङ्गलाउनु राम्रो हुन्छ ।
– पूजा घरको भित्ताकाे रङ्ग हल्का पहेलो, सेतो, हल्का नीलो हुनुराम्रो मानिन्छ ।
– पूजास्थलको तल सोकेस वानएर मुद्दा मामिलाका कागज राख्नाले सहज तरिकावाट विजय हुन्छ भनिएको छ ।
– पूजास्थलमा बहुमूल्य किमती सामान लुकाउनु हुदैन ।
– पूजामा हवन आदिको व्यवस्था आग्नेय कोणमा गर्नु पर्ने हुन्छ ।
– पूजाकोठा सके सम्म शयनकक्षमा निर्माण गर्नुहुदैन ठाँउछैन भने पर्दा अवश्य लगाउनु जरुरी हुन्छ ।
– पूजास्थानमा वास्तुपूरुषको चित्र तथा महाभारतको तस्वीर लगाउनु राम्रोहुदैन ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij