काठमाण्डौ । अमेरिकाले नेपालको सुरक्षा व्यवस्थालाई सदृढ बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल भ्रमणमा रहेका अमेरिकी रक्षा विभागका उपसहायक सचिव जोसेफ फेल्टरले सोमबार बिहान उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटी अमेरीकी सरकारको तर्फबाट प्रतिबद्धता जनाए ।
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको शिष्टाचार भेटमा उहाँले नेपालको सुरक्षा प्रबन्धलाई व्यवस्थित गर्ने सन्दर्भका योजनालाई सहयोग पुर्याउन चाहेको गएका दिनमा भएको सहयोगी भूमिकालाई निरन्तरण दिने प्रतिबद्धता जनाएको उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले जानकारी दिए ।
भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्ने बारेमा छलफल भएको छ । विशेष गरेर नेपाल सरकारले अघि सारेको आर्थिक विकास र समृद्धिको अभियानलाई सहयोग गर्न उपप्रधानमन्त्री पोख्रेलले आग्रह गरेका थिए ।
नेपाल भ्रमणमा रहेका अमेरिकी रक्षा विभागका उपसहायक सचिव जोसेफ फेल्टरले प्रधानमन्त्रीसँग पनि भेट गर्ने कार्यक्रम रहेको उपप्रधानमन्त्री पोख्रेलले जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्