गण्डकी प्रदेशमा १३ दिनसम्म नेकपाले शोक मनाउने

गण्डकी प्रदेशमा १३ दिनसम्म नेकपाले शोक मनाउने

पोखरा-संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएकोप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले प्रदेशभर शोक मनाउने भएको छ।

बुधबार ताप्लेजुङमा पर्यटन मन्त्री अधिकारी सहित ७ जनाको आकस्मिक निधनप्रति कमिटीले गहिरो दुःख प्रकट गरेको छ। नेकपा गण्डकी प्रदेश कमिटीको बिहीबार बसेको आकस्मिक बैठकले प्रदेशभरका सबै पार्टी कार्यालयमा ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने, १९ गते गण्डकी प्रदेशका सबै जिल्लामा शोक सभा आयोजना गर्ने र १३ दिनभित्र सबै स्थानीय तहमा शोक सभा आयोजना गर्ने निर्णय गरेको हो।

नेकपा केन्द्रीय सदस्य समेत रहेका अधिकारीको पार्थिव शरीरलाई शुक्रबार पोखरा प्रदर्शनी केन्द्र नयाँ बजारमा राखेर श्रद्धाञ्जली अर्पण गर्ने, रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टी गर्ने नेकपा गण्डकीका सचिव गोविन्द नेपालीले जानकारी दिए।

नेकपा गण्डकीका इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बोलाएको आकस्मिक बैठक दुर्घटनामा निधन भएका मन्त्री अधिकारी सहित सबै प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

‘विकासप्रेमी जनप्रतिनिधि गुमायौं’- मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परेर भएको निधन प्रति शोक वक्तव्य जारी गर्दै सिर्जनशील नेता गुमाएको बताएका छन्।

हेलिकप्टर दुर्घटनामा परी बुधबार पर्यटनमन्त्री अधिकारी सहित यति एयरलाइन्सका प्रवन्ध निर्देशक, स्थापित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक धु्रवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जम्दार अर्जुन घिमिरेको निधन भएको थियो।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij