पश्चिम सेती सुदूरपश्चिमवासीले नै बनाउनुपर्छ: पूर्वप्रधानमन्त्री देउवा

पश्चिम सेती सुदूरपश्चिमवासीले नै बनाउनुपर्छ: पूर्वप्रधानमन्त्री देउवा

वाणिज्य सङ्घले पूर्वप्रधानमन्त्री देउवालाई सोही अवसरमा १२ किलोको मालाले अभिनन्दन गरेको थियो । यही फागुन २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा १७० कक्ष छन् । महोत्सवमा दैनिक उपभोग्य सामग्री, गारमेन्टका सामग्री, इलेक्टोनिक्स, अटोमोबाइल, कृषिका आधुनिक औजार सामग्री, बाल उद्यान, दुग्धजन्य वस्तुलगायत राखिएका छन् ।

कञ्चनपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् परियोजना सुदूरपश्चिमवासीलेनै बनाउनुपर्ने बताएका छन् ।

प्रदेशस्तरीय व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्वसको महेन्द्रनगरमा उद्घाटन गर्दै उनले विकासका लागि सुदूरपश्चिम ठूलो सम्भावना बोकेको प्रदेश भएकाले गौरवको योजनालाई यहीँका जनताले बनाउनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले परियोजनाको शेयर सुदूरपश्चिवासीलाई दिनुपर्ने र त्यसको नाफा पनि यहाँका जनतालेनै पाउनुपर्नेमा जोड दिए ।

“जलविद्युत्का दृष्टिकोणले यो प्रदेश सबैभन्दा धनी प्रदेश बन्न सक्छ, कर्णाली यहीँ छ, सेती र महाकाली यहीँ छन्, प्राकृतिक साधनको उचित प्रयोग गर्नु आवश्यक छ,” उनले भने ।

वाणिज्य सङ्घले पूर्वप्रधानमन्त्री देउवालाई सोही अवसरमा १२ किलोको मालाले अभिनन्दन गरेको थियो । यही फागुन २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा १७० कक्ष छन् । महोत्सवमा दैनिक उपभोग्य सामग्री, गारमेन्टका सामग्री, इलेक्टोनिक्स, अटोमोबाइल, कृषिका आधुनिक औजार सामग्री, बाल उद्यान, दुग्धजन्य वस्तुलगायत राखिएका छन् ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij