सामाजिक जागरण आवश्यक : गृहमन्त्री थापा

सामाजिक जागरण आवश्यक : गृहमन्त्री थापा

भक्तपुर । गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताएका छन् ।

आज चौथो नेपाल लायन्स महोत्सव(फेस्टिबल) भक्तपुरको उद्घाटन गर्दै उहाँले राजनीतिक परिवर्तनपछि समृृद्धि र विकासका लागि सामाजिक जागरण आवश्यक रहेको बताए ।

लायन्स क्लबले सामाजिक कार्यमार्फत युवालाई देशको समृद्धि, व्यक्तित्व विकास र सामाजिक कार्यमा संलग्न गर्दै आएको आफूले पाएको बताउँदै उनले युवाका माध्यमबाट नै शान्ति र समृद्धि सम्भव भएको उल्लेख गरे ।

आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ शुरु भएको महोत्सवमा देशभरका हजाराैँ लायन्स सदस्य र गैरलायन्सका व्यक्तिको सहभागिता रहेको संयोजक नवीन प्रजापतिले जानकारी दिए ।

महोत्सवमा भक्तपुरको पहिचान बोकेका कला, संस्कृति, परम्परागत नृत्य तथा पहिरन प्रस्तुत गरिएको छभने काठमाडौँ रङ्गशालाबाट सडक सुरक्षाको नारासहित कार ¥यालीको समेत आयोजना गरिएको छ ।

महोत्सवमा भक्तपुरको सांस्कृतिक झाँकी, नृत्य, माटोको भाँडा बनाउने, परम्परागत कपडा बुन्ने, नेवारीलगायत परम्परागत खानाको स्टल, जुजु धाँै, चर्चितगायक गायिकाको प्रस्तुति, विभिन्न खेललगायतका करीब ६० वटा स्टल रहेको छ । यहाँ प्रतियोगितात्मक एवं मनोरञ्जनात्मक खेल आयोजना गरिएको छ । रासस

प्रकाशित मिति : शनिबार, फाल्गुन १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij