भरतमोहनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक, अस्पताल भन्छ : अवस्था क्रिटिकल छ

भरतमोहनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक, अस्पताल भन्छ : अवस्था क्रिटिकल छ

काठमाडौं–पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको र बचाउन सकिने अवस्था न्यून रहेको अस्पतालले जनाएको छ।

यसअघि ह्याम्स अस्पतालले शनिबार अपरान्ह परिवारका सदस्यलाई समेत साथै राखेर पत्रकार सम्मेलन गरी अधिकारीको स्वास्थ्य बारे जानकारी गराएको थियो ।

फोक्सो र मुटुमा समस्या देखिएपछि अधिकारीलाई तीन हप्ता पहिले ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।चिकित्सक विज्ञानअनुसार सम्पुर्ण उपाय अपनाउँदा समेत अधिकारीको स्वास्थ्य अवस्था केही दिनदेखि खच्किँदो अवस्थामा रहेको र आज थप जटिल भएको चिकित्सकले बताए।

उनलाई कृतिम स्वाप्रस्वासका लागि भेन्टिलेटरमा राखिएको छ। रक्तचाप बढाउने औषधिको प्रयोग गर्नु परेको र सम्पुर्ण प्रयासका बाबजुत पनि बचाउन सकिने संभावना कम रहेको चिकित्सकले जानकारी दिएका छन्।

अस्पतालका अनुसार उनका महत्वपूर्ण अंगहरुले काम गर्न छाडेका छन्।

२४ घण्टादेखि पिसाव नगएको, बचाउन सकिने संभावना न्यून रहेको र उनलाई सजिलो बनाउने उपचार गरिरहेहको अस्पतालले जनाएको छ।

अरु कुनै समस्या देखिएमा तत्कालै जानकारी गराउने पनि अस्पतालले जानकारी दिएको छ। तर धेरैले सामाजिक सञ्जालमा निधन भएको भन्दै पोष्ट गरिरहेका छन् ।

नेकपाकै नेता कार्यकर्ताहरुले पनि आधिकारिक जानकारी नआउँदै श्रद्धाञ्जली दिन हतारो गरेका छन् ।

अस्पतालले भने यसबारे कुनै जानकारी गराएको छैन ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij