बुटवल ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले विप्लव नेतृत्वकाे नेकपालाई शान्ति प्रकृयामा ल्याउन सरकार गम्भीर बन्नुपर्ने बताएकाछन् ।
उनले वार्ता र संवादको ढोका बन्द गर्न नहुनेमा जोड दिए । उनले विप्लवलाई पनि वार्ता र सहमतिबाटै समाधान खोज्न आग्रह गरे । मुलुकले फेरि अर्को द्वन्द्व थेग्न नसक्ने उनले उताए ।
प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा कांग्रेस प्रमुख सचेतक खाँणले, सरकारले विप्लवलाई निषेधको राजनीति गरिहाल्ने अवस्था नरहेको बताए ।
सिके राउतसँग भएका सहमतिका बुँदाहरुमा अस्पष्टता रहेको भन्दै उनले राउतले भनेजस्तै मुलुकलाई खण्डित गर्ने विषयमा जनमत संग्रह हुनै नसक्ने प्रष्ट पारे ।
संविधानमा नभएका कुराहरुमा पनि सरकारले प्रतिवद्धता गरेजस्तो सहमतिका बुँदामा रहेको बताए । सरकार र सिके राउतको धारणा समान आउनुपर्ने खाँणले माग गरे ।
सहमतिको अर्को दिन सिके राउतका कार्यकर्ताले जनकपुरमा गरेको प्रदर्शन र नाराहरुले पनि आशंकाहरु बढेको उनले उल्लेख गरे ।
युनियनका रुपन्देही सभापति रेखा भुसालको सभापतित्व र उपसभापति कबिन्द्र नेपालको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।
प्रकाशित मिति : शनिबार, चैत्र २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्