कपिलवस्तु । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ओली नेतृत्वको बर्तमान सरकार एक बर्षे कार्यकालमा पुर्णतया असफल भएको नेता पौडेकाले आरोप लगाएका छन् ।
कपिलवस्तुको यशोधरा गाउपालिका– ४ अम्लोनाहामा नेपाली कांग्रेस क्षेत्रीय समितिद्धरा आयोजित बिशाल आभ सभामा सम्बोधन गर्दै नेता पौडेलले ‘ सरकार शान्ति सुरक्षा, सुशासन र विकासमा पुर्णतया असफल भएको छ ’ ओली सरकारको कामको टिप्पणी गर्दै उनले भने ‘ बर्तमान सरकारको एक वर्षे उपलब्धी शुन्य छ ‘ ।
अधिनायकबादी चिन्तन हावी भएपछि सरकारले एक वर्ष त्यसै खेर फालेको नेता पौडेलले सरकारको खरो आलोचना गरे ।
आम जनतालाई शान्ति सुरक्षा दिन असफल भएको सरकारले नेपालको संविधान तथा कानुनको खिल्ली उडाउने काम गरेको पौडेलले अरोप लगाए । बर्तमान सरकारको संबृद्धिको नारा नारामै सीमित भएको भन्दै उनले अबको संबद्धिको नेतृत्व पनि कांग्रेसले लिने अवस्था आएको बताए ।
सरकारले एक बर्षे कार्यकालको उपलब्धीले नै आउने चार बर्षमा केही हुन नसक्ने संकेत देखा परकोले कांग्रेसको अगुवाईमा मात्र मुलुकमा संबृद्धिको ढोका खुल्ने दाबी गरे । देशमा पानी जहाज र रेल संचालन गर्ने भन्दै सरकारले जतालाई उल्लु बनाउने काम गरेको बताए ।
उनले अध्ययनबाट समेत नेपालमा पानी जहाज आउन नसक्ने देखिएको भन्र्दै कृषकहरुलाई पानी चाहिएको र सरकार पानी जाहजाको झुठा सपना देखाएको बताए । राजपा र फोरममा रहेका मधेसी दलका नेताहरुले तराई मधेसका जतालाई झुुक्काउने गरेको आरोप लगाए ।
मधेस आन्दोलनमा ओलीलाइ गाली गर्ने मधेसी नेताहरु नै अहिले ओली सरकारमा जानुले नै यसको पुष्टी भएको बताए । नेता पौडेलले तराई मधेस कांग्रेसको एक अर्काका परिपुरक र साथ भएको बताए ।
उनले कांग्रेसको बल नै मधेस भएकाले मधेसी जनतालाइ कांग्रेसले कहिले धोका दिन नसक्ने बताए । सिके राउतसंग गरेकोे संझौता अपरपक्व भएको बताएका छन । अध्ययन र छलफल नगरी गरिएको स्तन्त्र मधेसका संयोजक भनिएका राउतसंगको संझौता हतारमा गरिएको बताए सिके राउतले बिगतमा गरेका बिखण्डनकारी गतिबिधि बारे सहमितिमा कहि कतै स्विकार नगरेको बताए ।
उनले संभाmैता पछि पनि स्वतन्त्र मधेसको नाममा बिखण्डनकारी गतिबिधि भएको प्रति चिन्ता ब्यक्त गदैृ सरकारको यस तर्फ ध्यानाकर्ण गराए । ‘ उनले स्वतन्त्र मधेसको नाममा सिके राउतले तराई मधेस र हिमालको सम्बन्धलाई बिगार्न खोजेको तर्क गरे । उनले देशमा अहिलको स्थितिमा जिम्मवारी पुर्वक काम गर्ने देशभक्त नेताको खाचो रहेको बताए ।
अहिले मुलुकमा अराजत गतिििबधि बढदै गएको र त्यसलाई सरकारले नियन्त्रणमा लिन नसक्दा मुलुकमा डर र भयको शासन चलेको आरोप लगाए । सने अवसरमा नेपाली कांग्रेस केन्द्रिय सदसय तथा सांसद अतहर कमालले बिखण्डनकारी सिके राउतसंग संर्झौता र देश मै बसेर आन्दोलनमा रहेको नेपकालाई प्रतिबन्ध लगाएर सरकारले गलत काम गरेको टिप्पणी गरे ।
कार्यक्रमममा कांग्रेसका जिल्ला सभापति सरेन्द्रराज आचार्य, पुर्व सभपति राजेश आचार्य ,सुधार पाण्डेय , तरण दलका महासचिव भुपेन्द्रजग शाही,महिला संघकी केन्द्रिय सदस्य सुमित्रा शर्मा लगायतले मन्तब्य दिएका थिए । कार्यक्रम क्षेत्रीय सभापति गिरीजशे कुमार पाण्डेयको अध्यक्षता र माधव पराजुलीको संचलनमा भएको थियो ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी संयौ कार्यकर्ता नेपाली काग्रंसमा प्रवेश गराएका थिए ।
प्रकाशित मिति : शनिबार, चैत्र २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्