डेंगुको त्राहीमाम र वास्तविकता


सोमवार, भदौ २३, २०७६

डेंगुको त्राहीमाम र वास्तविकता
ओम बानियाँ

काठमाडौंलगायत भरतपुर, बुटवल आदि शहरहरुमा, विशेष गरेर तराईमा, डेंगु (नेपाली समाजमा ग्यास्टिक जस्तै डेंगी, डेंगुको नामले चिनिने हुनाले यहाँ डेंगु नै उल्लेख गरिएको छ ।)को प्रकोप बढेको छ ।

जनमानसमा डेंगुको डर, त्रास फैलिएको छ । तर सरकार तथा सम्बन्धित निकायले डेंगु नियन्त्रण तथा जनमानसमा फैलिएको डरत्रास न्युनिकरण गर्न कुनै ठोस कार्यक्रम ल्याएको छैन । उल्टो स्वास्थ्य मन्त्रीको डेंगु नियन्त्रण गर्न सेनाप्रहरी परिचालन गर्ने जस्तो हास्यास्पद कुराबाट जनता आक्रोशित बनेका छन् ।

सरकारको उदासिनता र निकम्मापनाको कारण डेंगुले भन्दा पनि डेंगुको डरले सर्वसाधारणलाई सताएको छ, आतंकित बनाएको छ । जनमानसमा डेंगुको डर यति बढेको छ कि अस्ति एक जना परिचित शिक्षक आफ्नो घर नजिकैको सानो पोखरीतिर जाँदा आफुलाई लामखुट्टेले टोकेको भन्दै डेंगु टेस्ट गर्न गएका थिए ।

हो, डेंगुको महामारीप्रति सचेत हुनु राम्रो कुरा हो तर यतिविधि त्राहीमाम हुनु ठीक होइन, यसले अनेक मनोवैज्ञानिक समस्याहरु पैदा गर्न सक्दछ ।
के हो डेंगु ?
डेंगु (डेंगी) सम्बन्धमा हामीले सुन्दै आएको र विशेषज्ञहरुले भन्दै आएको जानकरी के हो भने डेंगु एक प्रकारको ज्वरो हो । यो ज्वरो एडिस जातका एजिप्टाइ र अल्बोपिक्टस पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने गर्छ । चर्को ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता यसका लक्षणहरू हुन् ।

यसको संक्रमणले रगतमा पानीको मात्रा कम भई रक्तचाप कम हुन्छ । शरीरमा प्लेटलेटको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने लक्षण देखा पर्न सक्दछ ।

रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुनसक्ने भएकोले बेलैमा, सामान्य ज्वरो आउ“दा नै चिकित्सकसँग गरी उपचार गराउनु बुद्धिमानी हुन्छ ।
तर मेडिकल माफिया र औषधिको कालो बजारलाई नजिकबाट अध्ययन गरिरहेका वैज्ञानिक तथा वैकल्पिक चिकित्सकहरुको मान्यता भने बिल्कुल भिन्न छ । उनीहरुले डेंगुको आतंक मच्चाएर मेडिकल माफिया तथा ठुला औषधि कम्पनीहरुले जनता लुटेरहेको संगीन आरोप समेत लगाएका छन् ।

कतिपयले त डेंगुका कारणले होइन, डाक्टरका कारणले डेंगु संक्रमितको मृत्यु हुने दावी समेत गरेका छन् । उनीहरुको भनाइ यस्तो छ, जब एडिस जातका पोथी लामखुट्टेको टोकाइबाट डेंगु भाइरस मानिसको शरीरमा प्रवेश गर्छ । यो सुचना ब्रेनले थाहा पाएपछि ब्रेनले शरीरबाट यस किसिमका भाइरसहरु हटाउन अनेक हतियारहरु प्रयोगमा ल्याउँछ, ती मध्य ज्वरो एक हो ।

त्यो किनभने चर्को ज्वरोले नै शरीरमा भित्रिएका भाइरस मार्न सहयोग गर्छ । यसरी चर्को ज्वरो आउँदा शरीरमा अनेक लक्षणहरु देखिन थाल्छन्, जस्तै आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने, रक्तचाप कम हुने, प्लेटलेट घट्ने जस्ता लक्षणहरू देखा पर्दछ ।

यस्ता लक्षणहरु देखिएपछि वा चर्को ज्वरो आएपछि मानिस अस्पताल पुग्दछ । अस्पतालमा चिकित्सले पहिलो काम ज्वरो कम गर्न औषधिहरु दिने गर्छन् । अनि ज्वरो घट्छ, ज्वरोले आत्तिएको व्यक्तिले केही राहत महसुस गरेता पनि यसरी अप्राकृतिक तरिकाले जबरजस्ति ज्वरो घटाउँदा र औषधिहरुको कारण एकातिर रोगप्रतिरोधक क्षमता झनै घट्ने र भाइरसको बृद्धि झनै तीब्र हुने गर्छ । जसका कारण मानिसको मृत्यु समेत हुने गर्छ ।

सही उपचार के हो त ?
डेंगुको पहिलो लक्षण चर्को ज्वरो हो । डेंगु भाइरस शरीर प्रवेश गरेपछि १०२ डिग्री सेल्सियस भन्दा बढी ज्वरो आउन सक्दछ । त्यसैले ज्वरो कम गर्न सबै भन्दा पहिला चिसो पानीमा रुमाल भिजाएर काखी र निधारमा राख्ने ।

यो प्रक्रिया तीन तीन मनेटमा गर्ने । आधा घण्टा भित्रमा ज्वरो नियन्त्रणमा आउँछ । त्यसपछि पहिलो दिन सुन्तला, मौसमीको आदिको रस तथा नरिवल पानी (आफ्नो तौलको दस भाग अर्थात शरीरको वजन ८० केजी छ भने ८, ८ गिलास ) एक एक घण्टामा पिउने ।

अर्को दिन त्यसको आधा सुन्तला, मौसमीको आदिको रस तथा नरिवल पानी र शरीरको तौलको ५ गुणा (शरीरको वजन ८० केजी छ भने ४०० ग्राम ) टमाटर र काँक्रो सेवन गर्ने । अनि तेस्रो दिन बिहानको नास्ताको रुपमा दुई दुई गिलास सुन्तला, मौसमीको आदिको रस तथा नरिवल पानी पिउने तथा लन्चमा ४०० ग्राम टमाटर र काँक्रो सेवन गर्ने ।

अनि डिनरमा घरमै बनाएको तेल मसला कम हालेको साधा खाना खाने । यसरी तीन दिन यो प्राकृतिक तरिका अपनाउने हो भने ज्वरोबाट मात्रै होइन, डेंगुको संक्रमणबाट समेत पुर्णतया मुक्त रहन सकिने दावि समेत कतिपय प्राकृतिक चिकित्सकहरुले गरेको पाइन्छ ।

त्यसो त डेंगुको आतंकलाई कम गर्न बाबा रामदेवले निकै प्रभावकारी भुमिका निभाएको देखिन्छ । उनले डेंगु कुनै खतरनाक रोग होइन, यसको सजिलै उपचार गर्न सकिन्छ भन्दै आएका छन् । उनका अनसार डेंगु लगायत सबै प्रकारका ज्वरोका लागि गिलोय (अमृता), घिउकुमारी, गहुँको जमरा, तुलसी, भुटुक (अंजिर), किशमिश, मेवाको पात निकै लाभकारी हुने बताउँछन् ।

आयुर्वेदका जानकारहरु पनि यस कुरामा सहमत छन् । बाबा रामदेवले त डेंगुको लागि गिलोय, घिउकुमारी, अनार तथा मेवाको पातलाई रामबाण मान्छन् । यी चार चिजहरुको ५० एलएल जुस दिनको ३, ४ पटक दिने हो भने डेंगुको संक्रमणबाट बच्न सकिन्छ ।

अब के गर्ने त ?
डेंगुका मात्र होइन, हरेक रोगका अनेक उपचार पद्धतिहरु छन् । सबै भन्दा राम्रो पद्धति भनेको प्राकृतिक चिकित्सा भएता पनि यस सम्बन्धमा वैज्ञानिक अनुसंधानको खा“चो छ । यस किसिमको उपचार लिने हो भने पनि दक्ष र भरपर्दो अस्पतालमा उपचार गराउनु पर्छ । तर, सबै भन्दा बृद्धिमानी त डेंगुबाट बच्नु नै हो ।

यहाँ उल्लेखनीय कुरा के भने डेंगु मानिसबाट मानिसमा सर्ने रोग होइन, एडिस जातको लामखुट्टेको टोकाइबाट मात्र सर्ने रोग हो । त्यसैले डेंगु संक्रमण र महामारीको रोकथामको एक मात्र सरल र उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो ।

यसका लागि घर वरिपरि सफा राख्ने, पानी जम्मा हुन नदिने, टायर, फुटेका गिलास, गमला र कचौरा अथवा पानी जम्न सक्ने खालका कुनै पनि कुरा नराख्ने, झ्याल र ढोकामा जाली लगाउने तथा पूरै हातखुट्टा छोप्ने किसिमका कपडा लगाउने गर्नुपर्छ । यस्ता कुराहरू गर्न एक छिमेकीले अर्को छिमेकीलाई सिकाउने गर्नुपर्छ ।

सामान्य रूपमा बुझ्नु पर्दा जबसम्म छिमेकका लामखुट्टेको रोकथाम हु“दैन, हामी एक्लै सुरक्षित हुन सक्दैनौं । स्थिर अवस्थामा रहेको पानी लामखुट्टेको लागि प्रजनन् तथा विकास गर्नलाई सहयोग पुर्याउँछ । त्यसैले हरेक टोल टोलमा यस सम्बन्धमा जनचेतना फैलाउने तथा लामखुट्टेका लार्भा र फूल नष्ट गर्ने कामलाई अभियानकै रूपमा चलाउनु नै डेंगको महामारी तथा डर हटाउने उत्तम उपाय हो ।

प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६ , १२:४८ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फुलमाया सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology