काठमाडौ ।
प्रधानमन्त्री केपी ओलीले मन्त्रीमण्डल पुनर्गठनबारे गृहकार्य थालेका छन्।हिजो साँझ बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकमा पनि केही दिनमा मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गरेको उहाले बताउनुभएको थियो । उहाले सबै मन्त्रीलाई फेर्न लागेको नभई राम्रो ‘परफरमेन्स’ नभएका केहीलाई मात्रै हटाउन लागेको बताएको सचिवालयका एक सदस्यले बताउनुभयो ।
‘साह्रै कमजोर परफरमेन्स भएकालाई फेर्नैपर्ने भएको छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै ती सदस्यले बताउनुभयो ।मन्त्रीमण्डल पुनर्गठनबारे केही दिनदेखि शीर्ष तहमा छलफल गरे पनि अहिलेसम्म टुंगो नलागेको प्रधानमन्त्री निकट स्रोतले बतायो।
‘छलफल नसकिएकाले आजनै मन्त्रीमण्डलमा फेरबदल हुने टुंगो छैन,’ उहाले भनेआज दिउँसो प्रचण्डसँग छलफल गरेपछि मात्र अन्तिम टुंगो लाग्छ।
प्रकाशित मिति : सोमबार, मंसिर २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्