चिकित्सा शिक्षा आयोगमा उचारजना निर्देशक नियुक्त

चिकित्सा शिक्षा आयोगमा उचारजना निर्देशक नियुक्त

काठमाडौं
चिकित्सा शिक्षा आयोगमा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले चारजना निर्देशक नियुक्ति गनुृभएको छ। यसअघि सिफारीस भएका प्राडा‍दिलीप शर्मा, प्राडा रमेश आचार्य, प्राडा संगरत्न बज्राचार्य र प्राडा आरती शाहलाई निर्देशको रूपमा आयोगले नियुक्ति गरेको छ। आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि उपाध्यक्ष गिरीले चारजना निर्देशकलाईहिजो नै नियुक्तिसँगै जिम्मेवारीसमेत हस्तान्तरण गर्नुभएको छ। जसअनुसार मापदण्ड तथा प्रत्यायन निर्देशनालयमा प्राडा शर्मा, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयमा प्राडा आचार्य, परीक्षा निर्देशनालयमा प्राडा संगरत्न बज्राचार्य र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजमा प्राडा आरती शाहलाई जिम्मेवारी दिइएको हो। गत कात्तिक २९ गते समितिका संयोजक डा उषा झाले उपाध्यक्ष गिरीसमक्ष चारजनाको नाम सिफारिस गरेकी थिइन्। निर्देशकको पदावधि चार वर्षको हुनेछ प्रधानमन्त्रीका निजी चिकित्सकसमेत रहेका फिजिसियन तथा वरिष्ठ कलेजो रोग विशेषज्ञ डा दिलीप शर्मा, डा रमेश आचार्य , डा आरती शाह र डा शंगरत्न बज्राचार्यको नाम सिफारिस गरिएको थियो। वरिष्ठ कलेजो रोग विशेषज्ञ डा शर्मा मेडिकल काउन्सिलका पूर्व रजिष्ट्रारसमेत हुन्। यस्तै, डा आचार्य शिक्षणमा कार्यरत छन् भने डा शाह वीर अस्पतालका अंकोलोजिष्ट हुन्। यस्तै, निर्देशकका लागि सिफारिस भएका डा शंगरत्न बज्राचार्य शिक्षण अस्पतालमा फर्माकोलोजिस्टका रूपमा कार्यरत छन्। झा नेतृत्वको सिफारिस समितिमा वरिष्ठ मुटुरोग विशेषज्ञ तथा प्रधानमन्त्रीका अर्का निजी चिकित्सकसमेत रहेका डा अरुण सायमी र महाश्रम शर्मा सदस्य रहेका थिए। आयोगमा चारजना निर्देशक रहने कानुनी व्‍यवस्था छ। सोहीअनुसार समितिले चारजनाको नाम सिफारिस गरेको हो। निर्देशक आयोगका उपाध्यक्षले नियुक्त गर्नसक्ने प्रावधान भएपछि समितिले सिफारिस गरेका नाम उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि आयोगका उपाध्यक्ष प्राडा गिरीले नियुक्त गर्नुभएको हो।

प्रकाशित मिति : शनिबार, मंसिर ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij