बुटवल ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देहीको अगुवाइमा आज विरोध प्रदर्शन गरिएको छ । महासंघले नेपाल–भारतको प्रमूख सिमा नाकाहरुमध्येको एक बेलहिया सुनौली नाका दशगजा क्षेत्रमै पुगेर भारतले गरेको सिमा अतिक्रमण विरुद्ध विरोध सभा गरेको हो । भारतले पछिल्लो समय लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका नेपाली भूभाग आफ्नो नक्साभित्र राखेर नयाँ नक्सा सार्बजनिक गरेपछि यसको चौतर्फी विरोध भइरहेको बेला विरोध प्रदर्शन गरिएको हो।महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहाको अध्यक्षतामा भएको कोण सभा सचिव चित्रलाल तुलाचनले सञ्चालन गर्नुभएको थियो। विरोध सभामा महासंघका रुपन्देही जिल्ला उपाध्यक्ष वीर बहादुर लामा, सह–सचिव इन्द्र राई, बुटवल नगर अध्यक्ष अरुणकमार श्रेष्ठ, तिलोत्तमा अध्यक्ष आसा गुरुङ, सिद्धार्थनगर अध्यक्ष चन्द्र बहादुर राना लगायत सहभागी रहेका थिए । कोण सभा अघि भैरहवाको देवकोटा चोकबाट विरोध ¥याली सुरु भई बेलहिया नाका पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा सहभागीहरुले लिपुलेक हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो, अतिक्रमित भूमि फिर्ता गर जस्ता नारा लगाएका थिए ।कार्यक्रममा सरकारले सिमा मिचिएको विषयमा ठोस कदम चाल्न नसक्ने भए यहाँका राष्ट्रवादी र भूमिपूत्रहरुले यसको जिम्मा लिएर समस्या समाधान गर्न सक्षम रहेको बिरोध प्रर्दशनमा बोल्ने बक्ताहरुले बताएका छन ।भारतको हेपाहा र भूमिअतिक्रमण गर्ने बिस्तारवादी नीतिका कारण मित्र मूलुक नरहेकोमा जोड दिएका थिए ।
विरोध सभामा बोल्दै नेपाल मगर संघका केन्द्रिय भाषिक उपाध्यक्ष दल बहादुर वीरकट्टा मगर , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापा, नेफिन रुपन्देहीका पूर्व उपाध्यक्ष दल बहादुर छन्त्याल, नेपाल तामाङ घेदुङ्ग जिल्ला समिति, रुपन्देहीका अध्यक्ष कृष्ण मोक्तान, नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगर समन्वय परिषद्का उपाध्यक्ष दुर्गा प्रसाद क्षेष्ठ, थारु कल्याणकारीणी सभा सिद्धार्थनगरका सचिव रेखा प्रसाद चौधरी, साहित्यकार विजय सागर लगायतले बोल्दै भारतसंग सिमा जोडिएको क्षेत्रमा काँडे तारवारको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।
सुनौली क्षेत्रका भारतीय नागरिकहरु समेत उल्लेख्य उपस्थिति रहेको विरोध सभामा सुनौली नाकाका स्थानिय भारतीय नागरिकहरुलाई भूमि अतिक्रमण नगर्न सन्देश लिएर मोदीलाई सुनाउन सभामा बोल्नेहरुले आग्रह गरेका थिए ।
प्रकाशित मिति : आइतबार, मंसिर ८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्