३४ वडाको परिणाममा नेकपा २२ कांग्रेस ८, समाजवादी र राजपा २–२ वडामा विजयी,

३४ वडाको परिणाममा नेकपा २२ कांग्रेस ८, समाजवादी र राजपा २–२ वडामा विजयी,

काठमाडौं ।
५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आधाआधी आइसकेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा गुल्मी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा २२ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ ।
निर्वाचन भएका ४३ वडामध्ये नेकपाले २२ स्थानमा विजयी भएको थियो । अब ९ वडाको निर्वाचन परिणाम आउन बाँकी छ ।
बाँके, अछाम, बाजुरा, सिन्धुपाल्चोकमा यसअघि कांग्रेसले जितेका वडामा नेकपाले बाजी मारेको छ । चितवन, दाङमा भने नेकपाले आफूले जितेको वडा गुमाएको छ ।

नेकपा २२ ठाउँमा विजयी
बैतडीको पुरचौडी नगरपालिका– ४ मा नेकपाका शैलेन्द्र धानुक निर्वाचित भएका छन् । कुल खसेको मतमध्ये धानुकले ६६३ मत पाए । कांग्रेसका गोविन्द धामीले ५५८ मत ल्याएर पराजित भए । १ हजार ३३० मतमध्ये ७५ मत बदर भएको थियो ।

सुरूमा कांग्रेसले जितेको प्रचार भएको बाजुराको त्रिवेणी गाउँपालिका–१मा नेपाले जित हासिल गरेको छ । त्रिवेणी–१ मा नेकपाका उमेदवार मनराजे बुढाले ३६७ मत ल्याएर विजयी भए

कांग्रेसका उमेदवार खकेन्द्रबहादुर चदारले ३४७ मत पाए । नेकपाका उमेदवार २० मतको अन्तरमा विजयी भएका हुन् । फिदिम नगरपालिका–१ मा नेकपाका गजाधर भट्टराई १ हजार ४४६ मत प्राप्त गरी विजयी भएका छन् ।

अछामको मेल्लेख गाउँपालिका–५ मा नेकपाका विजयी भएको छ । यसअघि कांग्रेसले जितेको वडामा नेकपाका रमेश खड्का विजयी भएका हुन् । खड्काले ७७८ मत ल्याएर कांग्रेसका वीरबहादुर बोहोरालाई पराजित गरे बोहोराले ५६३ मत प्राप्त गरेका छन् ।

सिरहाको कल्याणपुर नगरपालिका–१२ मा नेपकाका उमेदवार दिलीपकुमार यादव निर्वाचित भएका छन् ।

रामेछापको उमाकुण्ड गाउँपालिका–५ मा नेकपाका कुलबहादुर बस्नेत ७६९ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका उमेदवारले ३८० मत प्राप्त गरे । समाजवादीले १०, राप्रपाले ५ र १० मत बदर भयो ।

बाँकेको कोहलपुर नगरपालिका– ५ मा नेकपाका रामशरण थारू निर्वाचित भएका छन् । उनले १५२ मत ल्याएर साविक विजेता कांग्रेसलाई पराजित गरे । कांग्रेसका श्रीकृष्ण थारुले १३४ मत ल्याए । यसअघि त्यहाँ कांग्रेस निर्वाचित भएको थियो ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका–१३ मा नेकपाका उमेदवार भरतकुमार घिमिरे निर्वाचित भएका छन् । घिमिरेले ७६९ मत प्राप्त गरे ।
उनले कांग्रेसका उमेदवार विक्रम गुरूङलाई पराजित गरे । गुरूङले ४६७ मत प्राप्त गरे ।
भोजपुरको पौवादुङ्मा नगरपालिका–१ मा नेकपाका उमेदवार जितेन्द्र राई निर्वाचित भए । उनले ६१९ मत ल्याए भने कांग्रेसका उमेदवार सम्मरबहादुर कार्कीले २५४ मत ल्याए ।
बाग्लुङ बडिगाड गाउँपालिका–२ मा नेकपाका उमेदवार ढालप्रसाद शेरचन ७०४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उमेदवारले ४१२ मत प्राप्त गरे ।
काठमाडौंको दक्षिणकाली नगरपालिका–३ को उपनिर्वाचनमा सत्तारूढ दल नेकपाका उमेदवार शिवभक्त बलामी निर्वाचित भएका छन् । उनले ६१८ मत प्राप्त गरे । कांग्रेसका उमेदवारले २७८, राप्रपा ९संयुक्त०ले १०७ र राप्रपाले ७ र २९ मत बदर भएको बताइएको छ ।
धुलिखेल नगरपालिका–२ को उपनिर्वाचनमा पनि नेकपा विजयी भएको छ । नेकपा उमेदवार देवप्रसाद कोइरालाले ८६८ मत प्राप्त गरेका छन् । कांग्रेसका उमेदवार दर्णबहादुर खत्रीले ५८२, राप्रपा ९संयुत्त०का उमेदवार बासु थापा ले ६ मत प्राप्त गरेका छन् ।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उपनिर्वाचनमा नेकपा विजयी भएको छ ।रिक्त वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपाका उमेदवार केदारप्रसाद आचार्यले ७१२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राले तामाङले ४३१ मत प्राप्त गरे । पशुपति शमशेर नेतृत्वको राप्रपा ९संयुक्त०ले १२, कमल थापा नेतृत्वको राप्रपाले ३ र ९ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
अघिल्लो निर्वाचनमा त्यहाँ कांग्रेस निर्वाचित भएको थियो ।

त्यस्तै सल्यानको कुमाखमालिका गाउँपालिका–५ को वडाध्यक्ष निर्वाचनमा नेकपाका उमेदवार धर्मे बुढाथोकी निर्वाचित भएका छन् । कुल ११२४ मत खसेको मध्ये बुढाथोकीले ७९२ मत ल्याए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका खडकबहादुर बुढाथोकीले २५१ मत ल्याएका छन् ।

लम्जुङको सुन्दरबजार नगरपालिकामा नेकपाका उमेदवार विजयी भएका छन् । वडा नम्बर २ को रिक्त वडाध्यक्ष पदमा शनिबार भएको उपनिर्वाचनमा नेकपाका उमेदवार नवीन श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए ।
प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार प्रकाश सेढाइँले ४८२ मत ल्याए ।

सोही निर्वाचनमा राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् । १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

पुनर्वास नगरपालिका–३मा पनि सत्तारूढ नेकपा नै विजयी भएको छ । खानेपानीमन्त्री बिना मगरको वडासमेत रहेको पुनर्वास–३ मा ९२४ मत खसेकामध्ये ५२८ मत ल्याएर कृष्णबहादुर तामाङ निर्वाचित भए । कांग्रेसका दीपबहादुर तामाङले ३९० मत प्राप्त गरे ।

यसअघि रोल्पाको विद्रोही थवाङमा नेकपा नै निर्वाचित भएको थियो । विरलै मताधिकार प्रयोग गर्ने विद्रोही उपनाम पाएको थवाङमा १५४ मत प्राप्त गरी नेकपाका जनकबहादुर बुढामगर निर्वाचित भएका थिए । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले २६ मत प्राप्त गरेका थिए । यद्यपि त्यहाँका ८६ प्रतिशत मतदाताले मतदान नै गरेनन् ।

खोटाङको साकेला गाउँपालिका–३ मा पनि नेकपा निर्वाचित भएको छ । त्यहाँ नेकपाकी उमेदवार शिवकला राई विजयी भइन् । डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका उमेदवार रामबहादुर बोहोरा निर्वाचित भएका छन् । त्यस्तै रुरु गाउँपालिका– २ गुल्मीमा पनि नेकपा मतले निर्वाचित भएको छ । त्यहाँ गिरिप्रसाद सिञ्जाली ८०२ मत ल्याएर निर्वाचित भएका छन् । प्रतिस्पर्धी कांग्रेसका वेदप्रसाद दर्लामीले ७२७ मत ल्याए ।

पूर्वी नवलपरासीको बौंदीकाली गाउँपालिका–५ मा पनि नेकपाका खिमबहादुर खरुमगर निर्वाचित भएका छन् । उनले ३६७ मत पाए भने प्रतिस्पर्धी कांग्रेसका तुलबहादुर रानाले २११ मत पाए ।

डोटीको आदर्श गाउँपालिकामा नेकपाका उमेदवार रामबहादुर बोहोरा निर्वाचित भएका छन् । उनले कांग्रेसका महादेव साउदलाई पराजित गरे । साउदले ६५६ मत प्राप्त गरे ।

कांग्रेस ८ ठाउँमा विजयी
कांग्रेसले बैतडीबाट विजयीको सुरूआत गरेको थियो । बैतडीको सुनर्या गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द ४ मत बढीले विजयी भएका छन् । उनले २१९ मत ल्याएर नेकपाका उमेदवारलाई पछि पारे ।

मोरङको धनपालथान गाउँपालिका–२ मा कांग्रेसका नारायणप्रसाद साह निर्वाचित भएका छन् । उनले १ हजार ७०१ मत ल्याए । उनका प्रतिद्वन्द्वी नेकपाका पंकज मण्डलले १ हजार ४९७ मत ल्याए । त्यहाँ ३ हजार २८४ मत खसेको थियो । ४ हजार ७४ मतदाता रहेको निर्वाचित खसेको थियो ।

बाराको गढिमाई नगरपालिका–२ मा पनि कांग्रेस निर्वाचित भएको छ । त्यहाँ नेपाली कांग्रेसका उमेदवार ७७१ मत ल्याउँदा नेकपाका उमेदवारले ५९६ मत प्राप्त गरे । अर्घाखाँची मालारानी गाउँपालिका–३ मा कांग्रेसका उमेदार शोभाखर खनाल निर्वाचित भएका छन् । उनले १ हजार १५९ मत प्राप्त गरे । नेकपाका उमेदवार यमलाल खनालले १ हजार ५३ मत पाएका छन् । यहाँ अघिल्लो निर्वाचनमा नेकपाका जीवन चौहानले निर्वाचित भएका थिए ।

चितवनको भरतपुर महानगरपालिका–१६ मा कांग्रेसका उमेदवार अमृतराज हमाल निर्वाचित भएका छन् । अमृतले ३ हजार १ सय ८३ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी नेकपाका भक्तराज हमालले २ हजार ८७५ मत ल्याए । यो वडा नेकपाले गुमायो । गत निर्वाचनमा यहाँ एमालेका उमेदवार चतुरमान गुरूङ निर्वाचित भएका थिए ।

चितवनकै खैरहनी–५ मा कांग्रेसकै प्रतीमा कार्की निर्वाचित भएकी छन् । खैरहनी नगरपालिका–४ नम्बर वडाको उपनिर्वाचनमा पनि कांग्रेसकै उमेदवार देवबहादुर बस्नेत विजयी भए । उनले १ हजार १३८ मत ल्याएर नेकपाका बेदबहादुर अधिकारीलाई पराजित गरे । अधिकारीले ९८६ मत प्राप्त गरे ।

बैतडीको दोगडा केदार गाउँपालिका–४ मा नेपाली कांग्रेसका सुरेन्द्रप्रसाल भट्ट निर्वाचित भएका छन् ।
घोराही नगरपालिका–१६ मा कांग्रेस निर्वाचित भएको छ। त्यहाँ नेकपाले ३७८ मत प्राप्त गरी त्यो वडा गुमाएको छ । अघिल्लो निर्वाचनमा नेकपा विजयी भएको थियो ।

दाङको घोराही उपमहनागरपालिका–१६ मा कांग्रेसका ताराबहादुर डिसी निर्वाचित भएका छन् । डिसीेले १ हजार २१८ मत ल्याए । प्रतिद्वन्द्वी नेकपाका सुरेशबहादुर केसीले १ हजार ११७ मत पाए । उनलाई नेकपाकै बागी उमेदवार तगारो बनेका थिए । उनले ७२० मत पाए । यो ठाउँ पनि नेकपाले गुमाएको हो । अघिल्लोपटक लक्षिनप्रसाद बुढा निर्वाचित भएका हुन् ।

समाजवादी पार्टी २

समाजवादीले सर्लाहीको हरिपुर्वा नगरपालिका–१ वडामा जित हात पारेको छ । हरिपुर्वामा समाजवादी पार्टीका श्यामबाबुले रायले ३४७ मत ल्याएर जिते । प्रतिस्पर्धी राजपाका रामविश्वास रायले ३२८ मत ल्याए । नेकपाका उमेदवार दोस मोहम्द अन्सारीले पनि उत्तिकै ३२८ मत ल्याएका थिए । चौथो भएको जनमत पार्टीले ५२ र पाँचौं कांग्रेस पार्टीले २३ मत ल्याएको छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका रूपलालकुमार यादवले १ हजार ३१ मत ल्याए । प्रतिस्पर्धी कांग्रेसका असेशरप्रसाद यादवले ८११ मत पाए । नेकपाका उदयशङ्करप्रसाद रौनियारले २३२ मत पाए ।

राजपा २ ठाउँमा विजयी
राष्ट्रिय जनता पार्टीले महोत्तरीको मटिहानी नगरपालिका–६ मा जितेको छ । मटिहानी–६ मा राजपाका उमेदवार रामबाबु नायक विजयी भए । उनले ३०१ मत ल्याए । प्रतिद्वन्द्वी नेकपाका मोहम्मद जाकिर अन्सारीले २७१ मत ल्याउँदा कांग्रेसले दोहोरो अङ्क कटाउन सकेन । जम्मा २४ मत ल्यायो । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्षको उपनिर्वाचनमा राजपा निर्वाचित भएको छ । राजपाकी प्रमिलादेवी यादवले ५४० मत ल्याएर नेकपाका उमेदवार अच्छेलाल यादवलाई पराजित गरिन् । अच्छेलालले ५२९ मत ल्याए । कांग्रेसले त्यहाँ दोहोरो अङ्क कटाउन सकेन । कांग्रेसका उमेदवार शिवनारायण मण्डलले १५ मत ल्याए ।

बाह्रखरी

प्रकाशित मिति : आइतबार, मंसिर १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij