काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ले संगठन विभाग प्रमुख वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी विधान संशोधन प्रस्तावलाई स्थायी समिति बैठकमा पठाउने निर्णय गरेको छ। पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्ष पदका लागि विधान संशोधन अघि बढाउनेसहितका पाँचवटा निर्णय गरेको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभयो । उहाका अनुसार पार्टी सचिवालयले अघि बढाएको विधान संशोधन प्रस्तावलाई आगामी मंसिर २९ र ३० गते बस्ने स्थायी समिति बैठकमा पेश गरिने भएको छ। नेकपाको एकीकरणपछि स्थायी समिति बस्न सकेको छैन। नेताहरुले लामो समयदेखि पार्टीको सांगठानिक र वैचारिक रणनीतिबारे छलफलका लागि स्थायी समिति बस्नुपर्ने माग गर्दै आएका थिए। त्यसैगरि बैठकले मंसिर १४ मा भएको उपनिर्वाचनपछिको परिणामबारेको प्रतिवेदन बुझाउने म्याद ५ दिन थप्ने अर्को निर्णय गरेको छ। नेकपा सचिवालयले यसअघि सम्बन्धित भूगोलका कमिटीलाई तीन दिनभित्र उपनिर्वाचनको प्रतिवेदन पेश गर्न भनेको थियो। अब उपनिर्वाचन भएका जिल्ला तथा प्रदेश कमिटीहरुले मंसिर २२ सम्ममा प्रतिवेदन बुझाइसक्नुपर्नेछ। बैठकले विभिन्न जिल्ला समितिहरुमा देखिएको समस्या समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ। नेकपाले करिब एक वर्षपछि स्थायी कमिटी बैठक बोलाएको छ। स्थायी समिति बस्नुअघि मंसिर २७ मा नेकपा सचिवालय फेरि बस्ने भएको छ। सचिवालय बैठकले नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दि बैठकले नभएको छ ।सात दिनभित्र केन्द्रीय विभागलाई पूर्णता दिने निर्णय पनि लिएको छ।
प्रकाशित मिति : सोमबार, मंसिर २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्