प्रदेश नं ५ को नामाकरण गर्न र स्थायी राजधानी तोक्ने विशेष समिति प्रतिवेदन बुझाउने तयारीमा

प्रदेश नं ५ को नामाकरण गर्न र स्थायी राजधानी तोक्ने विशेष समिति प्रतिवेदन बुझाउने तयारीमा

जनता टुडे, बुटवल ।
प्रदेश नं ५ को नामाकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनको लागि बनाईएको विशेष समिति प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ । पछिल्लो पटक भारत भ्रमण सकेपछि समितिका सदस्यहरु प्रतिवेदन बनाउन जुटेका हुन ।
समितिको आज बैठक बसेको थियो । आज बैठक पछि नै प्रतिवेदन बनाउन जुटेको समितिले भोली सभामुख समक्ष प्रतिवेदन बुझाउने गरी तयारीमा जुटेको छ । समितिका सदस्य दिनेश पन्थीका अनुसार आजको समितिको बैठकमा भारत भ्रमणका समिक्षा गर्दै उपलब्धीका बारेमा छलफल भएकोे थियो ।विशेष समितिले यही मंसिर २१ गते देखि २७ गतेसम्म भारतको चण्डीगढ भ्रमण गरेको थियो । समितिका सभापति दीपेन्द्रकुमार पुन मगरले प्रतिवेदनलाई अन्तिम रुप दिन थालिएको भन्दै सोमबार प्रतिवेदन वुझाइने बतानुभयो । तर समितिका अर्का एक सदस्यले प्रतिवेदन बनाउने काम बाँकी रहेकाले सोमबार नै बुझाउने संभावना कम रहेको बताउनुभयो।
समितिले यस अघि जिल्ला जिल्लामा गएर सुझाव संकलन पनि गरेको थियो । त्यस्तै समितिले गत असारमा विज्ञहरु तोकेको थियो । विज्ञका रुपमा शिवराम प्रधान, डा।कृष्ण प्रसाद पौडेल र डा उद्धवराज खड्का रहेका थिए । उनीहरुले प्रदेशका सबै संभावित ठाउहरुको अध्यान गरेपछि सुझाव तयार पारेका थिए ।
सभापतिले विज्ञको सुझाव पनि समेटिने बताएका छन । विशेष समितिले प्रतिवेदन बुझाउने म्याद पछिल्लो पटक ६ महिना र त्यस अघि दुइ पटक सम्म तीन– तीन महिनाका दरले म्याद थप गरिएको थियो । विशेष समितिको पछिल्लो पटक जेठ ३० गते ६ महिना म्याद थप गरिएको थियो । यस अघि विशेष समितिले जिल्ला जिल्लाबाट सुझावहरु समेत सकलन गरेको थियो ।
राजधानीका लागि बुटवल, दाङ, कपिलवस्तुलगायतका स्थानका लागि सुझाव दिइएको थियो । बुटवल र दाङका वीच विवाद रहदै आएको अवस्थामा पछिल्लो पटक रुपन्देहीको सैनामैना–सालझण्डी क्षेत्रका बारेमा चर्चा शुरु भएको छ ।
त्यस्तै नामका सवालमा लुम्विनी प्रदेशका पक्षमा अत्याधिक सुझाव आएका थिए । प्रदेश सभाको ०७५ साउन २४ गतेको बैठकमा सभामुख पूर्णवहादुर घर्तीले १५ सदस्यीय विशेष समितिमा सदस्यहरु मनोनयन गरेका थिए ।

प्रकाशित मिति : आइतबार, मंसिर २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij