राममणि बहुुमुखी क्याम्पसमा स्नातक तह चौथो वर्ष उत्तीर्ण विद्यार्थीलाई सम्मान

राममणि बहुुमुखी क्याम्पसमा स्नातक तह चौथो वर्ष उत्तीर्ण विद्यार्थीलाई सम्मान

 

मणिग्राम

रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. गुणस्तर प्राप्त संस्था राममणि बहुुमुखी क्याम्पसमा स्नातक तह चौथो वर्ष उत्तीर्ण विद्यार्थीलाई आज सम्मानसहित बधाई तथा शुभकामना दिइएको छ ।

सम्मान गर्ने क्रममा क्याम्पस प्रमुख मोहनराज शर्माले नेपालकै अग्रणी संस्थाका रूपमा राममणि स्थापित हुनुमा विद्यार्थीको समेत महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । विद्यार्थीको सिकाई र गुणस्तरमा केन्द्रित हुँदै क्याम्पसले थप नौला अभियान सञ्चालन गरेको पनि उहाँले जानकारी दिनुभयो ।

क्याम्पसको शिक्षा तथा मानविकी संकायका प्रमुख नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा वी.वी.एस उत्तीर्ण छात्र सुरज पाण्डे, वी.एड. उत्तीर्ण छात्रा विष्णु पौडेल लगायतले बोल्दै राममणि क्याम्पसको विद्यार्थी भएकोमा सदैव गर्वको महसुस हुने बताउनुभयो ।

क्याम्पसका उप–प्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल, व्यवस्थापन संकायका संकाय प्रमुख खुमकान्त पाण्डे, एम.बी.एस. कार्यक्रमका विभागीय प्रमुख राजेन्द्र थापामगर लगायतले बोल्दै स्नातकोत्तरमा एम.ए.समाजशास्त्र र एम.बी.एस.का कार्यक्रम राममणिमा आकर्षक हुँदै गएको बताउनुभएको थियो ।

प्रकाशित मिति : शनिबार, पुष ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij