काठमाडौँ ।
परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले हङकङमा ट्रान्जिट भिषाको नहुँदा नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा सरकार गम्भीर रहेको बताउनु भएको छ ।
नेपाली कांग्रेसले नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा व्यवस्था गर्ने मागसहित ज्ञापनपत्र बुझाउने क्रममा मन्त्री ज्ञावालीले ट्रान्जिट भिषा नहुँदा नेपालीहरु समस्यामा परेको प्रति आफु पनि गम्भीर रहेको बताउनुभएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा गएको टोलीले मन्त्री ज्ञवालीलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा ‘वर्क प्रमिट’ प्राप्त गरी करिब ४ हजार नेपाली युवाहरु रोजगारीका लागि मकाउमा रहँदै आएको र काठमाडौंदेखि मकाउ जान र मकाउदेखि काठमाडौं आउन सोझो हवाई उडान नभएकाले मकाउमा रोजगारीका लागि पुग्ने र आउने युवाहरुले कठिनाई भोग्नु परेको उल्लेख छ ।
काठमाडौं–हङकङ–मकाउ–मकाउ–हङकङ–काठमाडौं सबैभन्दा पायक र सहज रुटमा रहेको तर सो रुट भएर यात्रा गर्नका लागि नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा व्यवस्था नभएकाले हङकङको ट्रान्जिट भिषा व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराइएको कांग्रेसले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, पुष ६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्