काठमाडौँ ।
स्थायी समिति बैठक सकिएलगत्तै सत्तारुढ दल नेकपाका दुई अध्यक्ष संसद विजनेश,सभामुख चयन र सरकारलाई प्रभावकारी बनाउने छलफलमा जुटेका छन् ।
स्थायी कमिटीको बैठक लगत्तै यीनै विषयमा छलफल गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नुभएको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ ।
बालुवाटारमा भएको भेटवार्तामा दुई अध्यक्ष आगामी योजनाबारे छलफल भएको बताइएको छ । संसद सचिवालयले आगामी पुस ११ गते सभामुख–उपसभामुखको निर्वाचन प्रकृया सुरु गर्ने जनाइसकेको छ । सम्भवत दलहरुको सहमतिमा सोही दिन सभामुख उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने संसद सचिवालयको तयारी छ ।
त्यसका लागि अबको चार दिनमा दलहरुले सभामुख र उपसभामुखबारे निर्णय गर्नुपर्नेछ । यही समयसीमालाई ख्याल गर्दै नेकपा नेतृत्वको ध्यान सभामुख छनोटमा केन्द्रीत भएको हो । तर नेकपाले सभामुखमा उम्मेदवारी दिनुअघि उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुपर्ने हुन्छ ।
नेकपा नेतृत्व तुम्बाहाङ्फेलाई राजीनामा गराउने र नेकपाकै अर्का नेतालाई सभामुख बनाउने योजनामा छ । संसदको सवैभन्दा ठुलो दलको हैसियतले नेकपाले सभामुख नछाड्ने यसअघि नै सार्वजनिक गरिसकेको छ ।
आज बालुवाटारमा भएको ओली प्रचण्डबीचको छलफलमा हिजो सम्पन्न स्थायी समिति बैठकको समीक्षाबारे पनि कुराकानी भएको थियो । खासगरी स्थायी समिति बैठकमा एमसीसीबारे उठेका प्रश्न र बैठकले गरेको निर्णयबारे ठोस धारणा कसरी बनाउने भन्नेमा दुई नेताबीच परामर्श भएको बुझिएको छ ।
प्रकाशित मिति : सोमबार, पुष ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्