स्ववियुको तयारीमा जुट्न नेविसंघलाई नेता महरको आग्रह

स्ववियुको तयारीमा जुट्न नेविसंघलाई नेता महरको आग्रह

काठमाडौँ
नेपाली कांग्रेसका नेता नैनसिंह महरले स्ववियु निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष समेत रहेका महरले नेपालको विद्यार्थी आन्दोलनमा सधैँ अगाडि रहेको नेविसंघलाई जिताउन एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।
फागुन १४ गतेका लागि तोकिएको स्ववियु निर्वाचन कुनै पनि हालतमा रोकिन नहुनेमा नेविसंघ सचेत रहनु पर्ने पनि महरले बताउनुभयो ।
‘फागुन १४ गतेका लागि घोषणा भएको स्ववियु निर्वाचन कुनै पनि हालतमा रोकिनु हुँदैन। यसतर्फ सम्पूर्ण विद्यार्थी संगठनहरु विशेष गरि नेविसंघ अत्यन्त सजग र सतर्क हुन जरुरी छ। त्यसैले नेविसंघका विभिन्न क्याम्पसका साथीहरुलाई आजै देखि स्ववियु निर्वाचनको तयारीमा जुट्न र क्याम्पसहरुमा नेविसंघको विजयको झण्डा फहराउन सफल रहनुहोस् ’, महरले भन्नुभएको छ ।
उहाले स्ववियु निर्वाचन २०३६ सालको विद्यार्थी आन्दोलनको उपलब्धी रहेको स्मरण गराउनभयो। नेपाल विद्यार्थी संघको नेतृत्वमा भएको सो विद्यार्थी आन्दोलनबाट प्राप्त प्रमुख उपलब्धी भएको नाताले स्ववियुसँग नेविसंघको आफ्नै किसिमको भावनात्मक साइनो रहेको महरले बताउनुभयो।
उहाले पञ्चायत व्यवस्था हुँदा पनि नरोकिएको स्ववियु निर्वाचन गणतन्त्र स्थापना भएदेखि नियमित रुपमा हुन नसक्नु दुखद् रहेको बताउनुभयो ।
विभिन्न बहानामा स्ववियु निर्वाचन रोकिँदा यसले समग्र विद्यार्थी आन्दोलनलाई नै स्खलित बनाउँदै लगेको बताउँदै महरले अब कुनै पनि बहानामा स्ववियु निर्वाचन रोकिए विद्यार्थी चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।
त्रिभुवन विश्व विद्यालयले ६१ आंगिकसहित करिब ८ सय सम्बन्धन प्राप्त क्याम्पसमा फागुन १४ गते नै निर्वाचन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : सोमबार, पुष १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij