काठमाडौँ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले व्यवहारिक रुपमै नेपाली भूमि अतिक्रमण गरेको बताउनुभयाएको छ । उहाँले नक्सामार्फत र व्यवहारमा नै नेपाली भूमि भारतबाट अतिक्रमित भएको जवाफ राष्ट्रियसभामा दिनुभएको छ ।
ज्ञावालीले आजको राष्ट्रियसभा बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेकोबारे पेश भएको विशेष प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफका क्रममा सीमा अतिक्रमणबारे जानकारी दिनुभयो ।
उहाँले सन् १८५६ देखि नक्सामा म्यानुपुलेट गरिएको देखिएको भन्दै लिम्पियाधुराबाट बग्ने कालीलाई पछि वेस्ट काली नामाकरण गरि लिपुलेकबाट आउने नदीलाई खास काली बनाएको बताउनुभयो ।
सुगौली सन्धिपछि कालापानी क्षेत्रमा भारतबाट दुईवटा अतिक्रमण भएको ज्ञवालीको भनाइ थियो। ’पहिला नक्सामार्फत् र पछि व्यवहारबाट नेपाली भूमि अतिक्रमित भएको देखिन्छ,’ उहाँले भन्नुभयो ।
भारतले २००७ सालपछि नेपालको उत्तरी सीमानामा चेकपोस्ट राख्ने क्रममा कालापानीमा पनि सेना राखेको बताउदै अन्य ठाउँबाट सेना हटाउँदा पनि कालापनीबाट भारतीय सेना फिर्ता हुनुको सट्टा झन् बलियोसँग उपस्थित भएको बताउनुभयो ।
कालापानी क्षेत्र दुर्गम भएको र त्यहाँ नेपालको प्रशासनिक उपस्थिति कमजोर भएको अवसर पारेर भारतले सुरुमा नक्सामा र पछि व्यवहारमा नै नेपाली भूमि अतिक्रमण गरेको ज्ञवालीको भनाइ थियो। सन् १८१६ को सुगौली सन्धिपछि नेपालको अन्तर्राष्ट्रिय सीमा परिवर्तन हुने र प्रभावित हुने गरी कुनै पनि सन्धि नभएका उहाँले जानकारी दिनुभयो
प्रकाशित मिति : शुक्रबार, पुष १८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्