माघ २४ गते छैँठौ नगरसभा गर्ने वाणगंगा नगरपालिकाको निर्णय

माघ २४ गते छैँठौ नगरसभा गर्ने वाणगंगा नगरपालिकाको निर्णय

कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका भित्र संचालित चालु वार्षका संघिय सरकारको समपुरक तथा विशेष योजना स्विकृतीको तयारी थालिएको छ । योजनाको स्विकृतिका लागि प्रदेश सभा सदस्य विष्णु पन्थी र वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल सहितको टोली यहि साता संघिय सरकार समक्ष पुग्ने भएको छ । त्यस्तै आज बसेको कार्यपालिकाको ६३ औँ बैठकले नगरपालिकाको छैठौँ नगरसभा आगामी माघ २४ गते गर्ने समेत निर्णय भएको नगर प्रवक्ता विष्णु पौडेलले रेडियो वाणगंगालाई जानकारी दिनुभयो । यस वर्षको नगरसभा नगरपालिकाको आफ्नै सभाहलमा आयोजना हुने पनि नगरपालिकाले जनाएको छ । उता प्रदेश सरकारको चालु आर्थिक वर्षको विशेष अनुदान तर्फको योजना संचालनका लागि नगरपालिकाले यस वर्ष श्रृङ्गिघाट सिँचाई आयोजना र कामता मा।वि करेलीयालई छनौठ गरेको छ । त्यस्तै आज बसको बैठकले कृषि पूर्वाधार विकास तथा यान्त्रीकरण प्रर्वदन कार्यक्रम अन्र्तगत कृषि उपज संकलन केन्द्र निर्माण्को लागि बुधबार लाग्ने वडा नम्बर ५ कोपवाको साप्ताहिक बजार र वडा नम्बर १ स्थित शनिबार लाग्ने बैरिया साप्ताहिक बजारलाई छनौठ समेत गरको छ । दुई स्थानमा कृषि पूर्वाधार तथा कृषि उपजहरुको संकलन भण्डारण र विक्रि वितरण गरीने तयारी थालिएको हो । त्यस्तै किसान टु परियोजना अन्र्तगत कपिलवस्तु र वाणगंगा नगरपालिकाको साझेदारीमा कृषि प्रचार डमुकेन्टी तयार गर्ने त्यसको प्रचारप्रसार गर्नका लागि पनि बैठकले तयारीलाई जोड दिएको प्रवक्ता पौडेलले बताउनुभयो । यता वास योजना व्यवस्थित गर्नका लागि नगरपालिकाले वडा नम्बर ९ का वडा अध्यक्ष धुव्र वेल्वासेको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरिएको छ । यता नगरपालिकाको वडा नम्बर ७ र ८ को मोतिपुर स्वास्थ्य चौकिलाई नगरपालिकाकै पूर्ण पोषणमैत्री स्वास्थ्य चौकीको रुपमा विकास गरीने भएको छ ।
यसैबिच वाणगंगा नगरपालिकाको सबैभन्दा महत्पूर्ण विषयका रुपमा हेरिएको ल्याण्डफिल्ड साईट निर्माणका विषयमा समेत कार्यपालिका सदस्यहरुले चासो व्यक्त गरेका छन् । गत कार्यपालिका बैठकमा समेत यस विषयमा नगरपालिकाले नगरका सबै वडा अध्यक्षहरुलाई आ– आफ्नो वडाको फोहोर व्यवस्थापनका लागि स्थान निर्धारण गर्न आग्रह गरेको थियो भने सामुदायिक वनका पदाधिकारीहरुलाई समेत यस विषयमा सचेत गराएको थियो । आजको कार्यपालिका वैठकमा नगरका सबै वडा अधयक्षहरुले ल्याण्डफिल्ड साईटको स्थायी व्यवास्थापनका विषयमा आ् आफ्ना धारण राखेका थिए । अब नगरपालिकाले वडा अध्यक्षहरुको रिपोर्टिङ्का आधारमा केही समय भित्रै यसको टुङ्गो लगाउने जनाएको छ ।
नगर प्रमूख मंगल प्रसाद थारुको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा नगर उप प्रमूख चक्रपाणी अर्याल सहित कार्यपालिका सदस्यहरु, नगरका विभिन्न विषयगत शाखाका प्रमूख तथा वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : सोमबार, पुष २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij