इराकका नेपालीलाई उद्धार तयारीमा सरकार

इराकका नेपालीलाई उद्धार तयारीमा सरकार

काठमाडौं
केही सातायता इरान र अमेरिकाबीच तनाव चुलिँदै गएपछि मध्यपूर्वमा रहेका नेपालीको अवस्थबारे सरकारले चासो लिएको छ। यसबीच सरकारले इराकमा रहेका नेपालीलाई उद्धारको तयारी गरेको जनाएको छ। मंगलबार गरिएको पत्रकार सम्मेलनमा इराकमा रहेका नेपालीलाई ुरेस्क्युु गर्ने योजना बनाइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताएका छन्। उनका अनुसार परराष्ट्र मन्त्रालयको अगुवाइमा ुएक्टिभु टोली बनाउने र पलपलको खबर राख्ने योजना सरकारले बनाएको छ। यता, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले इराका रहेका नेपालीको तथ्यांक संकलन कार्य भइरहेको बताएका छन्। सरकारले नेपाली नागरिकलाई इराक जान प्रतिबन्ध लगाएको छ। इराकामा अवैध तरिकाले नेपाली पुग्ने गरेका छन्। अवैध तरिकाले नेपाली इराक जाने गरेकाले यसबारेमा सरकारसँग एकिन तथ्यांक छैन। ुइराकमा कति व्यक्ति छन्, परराष्ट्र मन्त्रालयमार्फत डाटा संकलन हुँदैछु उनले भने ु दुई मन्त्रालयबीच अस्तिमात्रै छलफल भएको थियो, स्टाटस लिने काम हुदैछ।ु परराष्ट्रसँग ुकनेडिनेसनु गरेर इराकमा रहेका नेपाली नागरिकलाई सुरक्षित राख्न केन्द्रित भएको बताए। यसअघि दुई शक्ति राष्ट्रबीचको तनाव युद्धको अवस्थामा पुगेपछि परराष्ट्र मन्त्रालयले खाडी तथा मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे सम्पूर्ण जानकारी लिन त्यहाँस्थित राजदूतावासलाई निर्देशन दिएको थियो। परराष्ट्र प्रवक्ता भरतराज पौड्यालका अनुसार इरान र इराकसहित सबै मध्यपूर्वी तथा खाडी मुलुकमा रहेका नेपालीको अवस्थाबारे यथोचित जानकारी बटुल्न राजदूतावासलाई निर्देशन दिइएको छ। पौड्यालले दूतावास नभएका मुलुक हेर्ने निकायलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क रहन पनि भनिएको जानकारी दिए। आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवसहितको बैठक पनि बसेको थियो। उक्त बैठकले खाडीका सबै राजदूतावासलाई त्यहाँस्थित सबै नेपालीसँग नजिकबाट सम्पर्कमा रहन भनेको छ।

प्रकाशित मिति : मंगलबार, पुष २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij