काठमाण्डौ
आउँदो माघ १२ गते आइतबार हुने प्रतिनिधि सभाको सभामुख पदको चुनावको लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयले आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।
सभामुख पदको लागि नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले भने अहिलेसम्म सभामुख पदमा उम्मेदवारी दिने वा नदिने भन्ने बारेमा निर्णय गरिसकेको छैन ।
काङ्ग्रेसले उपसभामुख पद आफूले पाउने भए सभामुखमा उम्मेदवारी नदिने तर उपसभामुख नपाउने भए सभामुखमा उम्मेदवारी दिने तयारी गरेको स्रोतले बताएको छ । काङ्ग्रेसले संवैधानिक प्रावधानअनुसार सभामुख वा उपसभामुखमध्ये कुनै एक पदमा आफ्नो दावेदारी प्रस्तुत गरेको छ ।
आउँदो आइतबार दिउँसो ३ बजे सभामुखको लागि मतदान हुनेछ । तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन हिंसाको आरोपमा असोज १४ गते पक्राउ परेपछि रिक्त रहेको सभामुख पदका लागि चुनाव हुन लागेको हो ।
प्रकाशित मिति : मंगलबार, माघ ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्