बुटवल ।
प्रदेश ५ मा भएको राष्ट्रियसभा निर्वाचनमा सबै पद नेकपाले जितेको छ । महिला सदस्यमा नेकपाकी उम्मेद्वार विमला घिमिरे विजयी हुनुभएको छ । घिमिरे ५७७८ मतभार सहित विजयी हुनुभएको हो ।
त्यसैगरि अन्य सदस्यतर्फ नेकपाका गोपाल भट्टराई विजयीहुनुभएको छ । भट्टराईले ५ हजार ३ सय ८२ मतभार प्राप्त गर्नुभएको छ।यसैबीच प्रदेश नं ५ को अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकबाट उम्मेद्वार बन्नुभएका जग प्रसाद शर्मा विजयी हुनुभएको छ ।
शर्माले ५ हजार ४ सय २४ मत ल्याएर विजयी भएका हुन । उनी नेकपा तर्फका उम्मेद्ववार हुनुहुन्छ। दाङ निवासी शर्मा यसभन्दा अगाडी प्रदेश सभामा पराजित हुनुभएको थियो ।
नेकपा र कांग्रेस बाट समान तीन÷तीन जना, समाजवादी पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चा पार्टीबाट एक जनाले प्रतिपर्धा गरेका थिए ।
कांग्रेसबाट महिला सदस्यमा दाङबाट गिरिजादेवी न्यौपाने, अल्पसंख्यक सदस्यमा बाँकेबाट मेराज अहमद हलवाई र अन्यबाट अर्घाखाचीबाट बालकृष्ण पाण्डेय उम्मेदवार थिए ।
त्यस्तै समाजवादी पार्टीबाट अल्पसंख्यक सदस्यमा बाँकेबाट सुनिलकुमार सिंघल र अन्यबाट बर्दियाका कृष्णप्रसाद अहिर उम्मेदवार थिए । त्यसैगरी राष्ट्रिय जनमोर्चाले अन्य सदस्यका लागि कपिलवस्तुबाट शिवप्रसाद पौडेललाई उम्मेदवार बनाएको थियो ।
प्रदेशका १२ जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १८ जना मतदाता रहेकोमा २ सय १७ मत खसेको थियो भने प्रदेशसभा सदस्यको संख्या ८७ रहेकोमा ८६ मत खसेको जिल्ला निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य चुन्न दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा विहान १० बजेदेखि बेलुका ४ बजेसम्म मतदान भएको थियो ।
प्रकाशित मिति : बिहिबार, माघ ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्