सरकारका निर्णय कार्यान्वयनमा भूमिका खेल्छुः भट्टराई

सरकारका निर्णय कार्यान्वयनमा भूमिका खेल्छुः भट्टराई

तिलोत्तमा-नवनिर्वाचित राष्ट्रियसभा सदस्य गोपाल भट्टराईले सरकार र पार्टीले गरेका निर्णय जनप्रतिनिधिको हैसियतले कार्यान्वयन गर्न आफुले भूमिका खेल्ने बताएका छन् ।
जनप्रतिनिधि सरकार, पार्टी र जनताबीचको मध्यस्थकर्ता भएको भन्दै उनले यसका लागि आफूले इमान्दारी र निष्ठापुर्वक काम गर्ने बताए । तिलोत्तमा नगरपालिका वडा नम्बर १, २, ३ र ४ ले सोमबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।
निष्ठा र इमान्दारीतापुर्वक काम गरेकै कारण पार्टीले आफ्नो मूल्यांकन गरी जनप्रतिनिधिको हैसियतमा उभ्याइदिएको भन्दै उनले आफूप्रतिको विश्वासलाई कत्ति पनि डगमगाउन नदिने बताए । अवसरका लागि म ात्र राजनीति गर्न नहुने भन्दै उनले समाज रुपान्तरणका लागि स्वार्थ भन्दा माथि उठेर काम गर्न कार्यकर्तालाई आग्रह समेत गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले संघीय संसदमा रहेर जनताको पक्षमा प्रभावकारी भूमिका खेल्ने अवसर प्राप्त भएकोमा बधाई दिंदै राजनीतिप्रति देखाएको त्यागको पार्टीले मूल्यांकन गरेको बताएका थिए ।
त्यस अवसरमा वडा नम्बर १ का वडाध्यक्ष तामनाथ पाण्डे, २ का अध्यक्ष दधिराम गौतम, ३ का अध्यक्ष टंक तिवारी, ४ का अध्यक्ष दिवाकर ढकाल, नेता लक्ष्मण ज्ञवाली, विशलेषक अर्जुन ज्ञवालीलगायतले नवनिर्वाचित सांसद भट्टराई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : सोमबार, माघ १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij