नेकपा केन्द्रीय कमिटीको बैठक आज पनि जारी

नेकपा केन्द्रीय कमिटीको बैठक आज पनि जारी

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकमा आज शनिबार पनि विभिन्न समूहले आफ्नो प्रतिवेदन पेश गरेका छन् ।

काठमाण्डौको राष्ट्रियसभागृहमा चलिरहेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमाथि समूहले सुझाव प्रस्तुत गरिरहनुभएकाे हाे ।

बैठकमा समूहका तर्फबाट खिमलाल भट्टराई, जगन्नाथ खतिवडा, ठाकुर गैरे, पूर्णकुमारी सुवेदी, रेणु दाहाल लगाएतले प्रतिवेदन पेश गरिसक्नुभएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

प्रतिवेदन पेश गर्दै नेताहरुले पार्टी, सरकार र नेतृत्वको आलोचना गरेका छन् । केन्द्रीय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको छ । हिजो ४ समूहले प्रतिवेदन पेश गरेका थिए ।

प्रतिवेदन राख्ने क्रम सकिएपछि भोलि आइतबार पार्टी नेतृत्वले जवाफ दिने कार्यतालिका रहेको छ । नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु भएको हो ।

प्रकाशित मिति : शनिबार, माघ १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij