बुटवल —नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोसेर अधिनायकबादको बाटोमा अगाडी बढेको बताउनुभएको छ । शनिबार रुपन्देहीको तिलोत्तमा पुगेका सभापती देउवाले प्रेश स्वतन्त्रता तथा मानवअधिकार माथि नै प्रहार गरेर लोकतन्त्रलाइ कमजोर बनाउन खोजेको बताउनुभएको हो ।दुइ तिहाइको बलमा जनताको अधिकार खोसेर लोकतान्त्रको मुल्य र मर्ममाििथ नै प्रहार गर्ने गरी बिधिन्न बिधेयकहरु ल्याएको भन्दै उहाले कम्युनिष्ट सरकारको अधिनायकबाद बिरुद्ध प्रजातान्त्रिक शक्तिहरु एक भएर अगाडी बढनु पर्नेमा जोड दिनुभयो ।
पुर्व प्रधानमन्त्री समेत रहेका देउववाले अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी ल्याइएको मिडीया काउन्सिल बिधेयक बिरुद्ध पत्रकारकाको आन्दोलनमा नेपाली काँग्रेसको पुर्ण साथ र समर्थन रहेको बताउनुभयो । प्रेश स्वतन्त्रतामाथि आँच आउन नदिन सदन मार्फत काँग्रेसले निरन्तर खबरदारी गरीरहेको भन्दै देउवाले पत्रकारहरुको जायज मागहरुको सम्बोधन गर्नु पर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेस प्रदेश ५ को संसदिय दलका नेता स्व।बलदेव शर्मा पोखरेलको १३ औं दिनको पुन्य तिथिमा तिलोत्तमा १४ मा भएको श्रद्धान्जली सभालाइ सम्बोधन गर्दै देउवाले पोख्रेल जस्ता निष्ठाबान नेता कार्यकर्ताहरुलाइ पार्टीले कुनै न कुनै रुपमा स्थान तथा सम्मान दिदै जाने पनि बताउनुभयो ।
नेपाली काँग्रेस रुपन्देहीद्धारा आयोजित शोक सभामा पार्टीका महामन्त्री शशांक कोइरालाले स्वर्गीय नेता पोखरेलले देखाएको निष्ठा र त्यागको राजनीतिलाइ सबैले अनुसरण गर्न सके सच्चा श्रद्धान्जली हुने बताउनुभयो । काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कम्युनिष्ट सरकारले अहिले सम्म अन्तरमनबाट लोकतान्त्रीक संविधानलाइ नै स्वीकार गर्न नसकेको बताउनुभयो ।
दुइ तिहाइको बलमा आफना नेता कार्यकतालाइ बलियो बनाउने काममा मात्रै सरकार लागेको भन्दै नेता खाँणले जनताको हितमा कुनैपनि काम गर्न नसकेको बताउनुभयो । जीवनको अन्तिम क्षण सम्मपनि देश र जनताकालागि लोकतन्त्र र प्रजातन्त्रलाइ बलियो बनाउनु पर्छ भनेर लागीरहने स्व। नेता पाखेरेलको निधले पार्टीलाइ ठुलो क्षती पुगेको उहाले बताउनुभयो ।
प्रतिनिधि सभाको लेखा समितिका सभापती भरत शाह,प्रतिनिधि सांसद प्रमोद यादव,काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक, पाल्पा सभापती तथा प्रदेश सभासद बिरबहादुर राना, गुल्मी सभापती भुवनप्रसाद श्रेष्ठ, प्रदेश सभाको संसदिय दलका उपनेता बिरेन्द्र कनौडीया,फणिन्द्र शर्मा,इश्वरचन्द्र पोखरेल, रामकृष्ण खाँण लगायतका नेताहरुले बोल्दै स्व। नेता पोखरेलको निधले पार्टीले एउटा सच्चा र कतब्य निष्ठ नेता गुमाएको बताउनुभयो । नेपाली काँग्रेसको प्रदेश नं। ५ को संसदिय दलका नेता बलदेव शर्मा पोख्रेलको ८२ बर्षको उमेरमा माघ ६ गते निधन भएको थियो ।
प्रकाशित मिति : शनिबार, माघ १८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्