अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाईनै दुरुपयोग गरेको कांग्रेसको आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाईनै दुरुपयोग गरेको कांग्रेसको आरोप

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै दुरुपयोग गरेको आरोप लगाएको छ । पार्टीका उसभापति विजय गच्छदारलाई बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता काण्डमा भ्रष्टाचार मुद्दा दायर गरेपछि आक्रोशित बनेको कांग्रेसले यस्तो आरोप लगाएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति गच्छादारसहित १७५ जनाविरुद्ध हालेको मुद्धाका बिषयमा पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्न सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई मुद्दा नचलाइनु राज्य शक्तिको प्रभावमा अख्तियारले निर्णय गरेको स्पष्ट भएको बताउनुभयो ।

उहाँले सरकारले ‘आफ्नालाई जोगाउने–अरुलाई फसाउने’ गरेको देखिएको उल्लेख गर्दै सरकारको त्यही नियतको प्रभाव र दबाबमा अख्तियार पर्नु नै दुखद भएको टिप्पणी गर्नुभएको छ । एउटै मुद्दामा मन्त्री र सचिव तानिनु, तर प्रधानमन्त्रीलाई उन्मुक्ति दिइनु राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको कांग्रेसको ठहर छ ।

जग्गा फिर्ता गर्छु भनेपछि मुद्दा नचलाउने गरी नेकपा महासचिव विष्णु पौडेलका पुत्रको पक्षमा गरिएको पद्धति संसारमै नभएको समेत कांग्रेसले बताएको छ ।

यस्तै, कांग्रेसले अख्तियारको विरोधमा सडक आन्दोलन गर्ने घोषणा गरेको छ । जसअन्तर्गत भोलि दिउँसो १ बजे नेविसंघको नेतृत्वमा माइतीघरमा प्रदर्शन गर्ने भएको छ, भने आइतबार नेपाल तरुण दलको नेतृत्वमा दिउँसो १ बजे माइतीघरमै प्रदर्शन गरिने भएको छ ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले अख्तियारले बदनियतपूर्ण ढंगले गच्छदारविरुद्ध ललिता निवास प्रकरणमा मुद्दा दायर गरेको विरोधमा सडक आन्दोलन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

यसअघि बिहान सभापति निवासमा बसेको कांग्रेसका वर्तमान र पूर्व पदाधिकारी बैठकले अख्तियारको पछिल्लो कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने र भातृसंगठनलाइ सडकमा उतार्ने निर्णय गरेको थियो । अख्तियारले हिजो जग्गा हिनामिना प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यो सूचीमा कांग्रेस उपसभापति गच्छदारसमेत परेपछि नेपाली कांग्रेस तरंगित बनेको हो । तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री गच्छदारमाथि ९ करोड ६५ लाख ७६ हजार बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्रकाशित मिति : बिहिबार, माघ २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij