नयाँ दिल्ली ।
दिल्ली विधानसभाका लागि भएको मतदानको मतगणना सुरू भएको छ ।भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अहिलेसम्मको मतगणनामा आम आद्मी पार्टीले भारी अग्रता कायम राखेको छ ।
द वायरका अनुसार आम आदमी पार्टीले अहिलेसम्म ५० स्थानमा अग्रता कायम राखेको छ भने भारतीय जनता पार्टीले अहिलेसम्म जम्मा १३ सिटमा अग्रता कायम राखेको छ ।
अन्य दलले एक सिटमा मात्रै अग्रता कायम राखेका छन् ।
यसअघि चुनावलगत्तै भएका एक्जिट पोलले भारतमा आम आदमी पार्टीले स्पष्ट बहुमत ल्याउने अनुमान गरेका थिए ।
जम्मा ७० सिटमा करिब ५० सिटको हाराहारीमा आम आदमी पार्टीले विजयी हासिल गनृ सक्ने एक्जिट पोलहरुले देखाएका छन् ।
प्रकाशित मिति : मंगलबार, माघ २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्