काठमाडौ
सरकारको कामलाई लिएर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा प्रश्न उठाएको छ। आजबसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली निरोकै शैलीमा मुरली बजाएर बसिरहेको आरोप लगाउनुभयो । उहाले गत माघ २१ गते प्रधानमन्त्री ओलीसहित नेकपा नेताहरुले बालुवाटारमा मुरली र सारंगी बजाएको प्रसंग निकाल्दै तीव्र रोक्ष् प्रकट गर्नुभयो। ‘आठ दिनसम्म रोम जलिरहँदा पनि शासक निरो मुरली बजाएर बसेका थिए रे’, उहाले भन्नुभयो, ‘अहिले हाम्रा प्रधानमन्त्रीको व्यवहार ठ्याक्कै निरोकै जस्तो छ। देश एकपछि अर्को अफ्ठेरोमा पर्दा बालुवाटारमा भोजभेतर र मुरली बजाउँदै प्रधानमन्त्री बसेका छन्।’ उहाले निरोको तस्बिर भइदिएको भए ओलीको जस्तै देखिने भन्दै व्यंग्य गर्नभयो। ‘तस्बिर भइदिएको भए त्यो तस्बिरसँग ओलीले मुरली बजाएको यो तस्बिर उस्तै देखिन्थ्यो’, उनले भनिन्, ‘कर्णालीमा भाइरलले मान्छे मर्दैछन्। प्रधानमन्त्रीज्यू मुरलीको धुनमा हुनुहुन्छ। चीनमा अलपत्र विद्यार्थीले प्रधानमन्त्रीको नयाँ स्वरुप कसरी हेरे होलारु’ सांसद सग्रौंलाले अहिले देशमा यती आतंक छाएको बताइन्। ‘नेपालमा अहिले यती आतंक छ। नेपाल ट्रष्ट ऐन संशोधन गरेर सबै सरकारी जग्गा यतीलाई जिम्मा दिइएको छ’, उहाले भन्नुभयो ‘गोकर्ण, ताहाचल, दरबारमार्गको ३ हजार रोपनी जग्गा यतीलाई दिइएको छ।’ सांसद संग्रौलले ताप्लेजुङस्थित पाथीभरको ३१७ रोपनी जग्गा पनि ८० वर्षका लागि सित्तैमा दिइएको भन्दै आक्रोश पोख्नुभयो ‘धरानमा विमानस्थल बनाउन भनेर यतीलाई २८ हजार रुपैयाँ रोपनीले बेचेको जग्गा सरकारले अहिले ३० लाखले किन्दैछ’, उहाले भन्नुभयो, ‘शिवपुरीको २१६ रोपनी जग्गा दिइएको छ। जता हेर्यो उतै यतीमात्रै छ, देशमा यतीको आतंक छ।’
प्रकाशित मिति : बुधबार, माघ २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्