अख्तियारले भ्रष्टाचारको मुद्दा टुङ्‍गो लगाएर तत्काल कारबाही प्रक्रिया थाल्न कांग्रेसको माग


मङ्लबार, फाल्गुन १३, २०७६

अख्तियारले भ्रष्टाचारको मुद्दा टुङ्‍गो लगाएर तत्काल कारबाही प्रक्रिया थाल्न कांग्रेसको माग

काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारको मुद्दा तत्काल टुंगो लगाएर दोषीमाथि कारबाहीको प्रक्रिया थाल्न माग गरेको छ ।
प्रतिनिधिसभाकोआज बसेको बैठकमा कांग्रेस सांसद मीनेन्द्र रिजालले अख्तियारलाई वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारको मुद्दा तत्काल टुंगो लगाएर दोषीमाथि कारबाहीको प्रक्रिया थाल्न माग गरेका हुन् ।
“वाइडबडीबारे अख्तियारले चाँडै केस टुंगो लगाएर दोषीमाथि कारबाहीको प्रक्रिया प्रारम्भ गरोस्,” बैठकको सुरुवातमै सभामुख अग्निप्रसाद सापकोटासँग समय मागेर सदनमा उनले भने ।
सांसद रिजालले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खर्बौं रुपैयाँका योजना भ्रष्टाचारका लागि तयार गरेको समाचार विभिन्न सञ्चारमाध्यमहरुमा आएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्याङ्‍ग्य गरे ।
अरु मन्त्रालयका के कुरा गर्नु, सञ्चार मन्त्रालय आफैं अनियमितता गरिरहेको छ । स्याटेलाइट होस् कि, ब्रोड ब्यान्ड वितरण, फोरजी वितरण, अप्टिकल फाइबर, टेलिकम इजाजत(पत्र होस्, पत्रपत्रिकामा आएको छ । एउटै मन्त्रालयमा खर्बौंका योजना भ्रष्टाचारका लागि तयार गरिएका छन् भने,” उनले भने, “त्यसैले होला तुलामा राख्दा सबै एकातिर अनि सञ्चारमन्त्री अर्कोतिर भन्या । जनताले बुझेका छन् । जनताले व्यहोरेका छन्, भोगेका छन् सरकार यही हो भनेर । सरकार कुन लोकमा हुनुहुन्छ थाहा छैन । प्रधानमन्त्री कुन लोकमा हुनुहुन्छ थाहा छैन ।”
केही समयअघि प्रधानमन्त्री ओलीले निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको गृहजिल्ला काभ्रे पुगेर राजनीतिक तुलोमा सबै मन्त्री एकातिर र अर्कोतिर बाँस्कोटालाई राख्दा एकैजसो हुने बताएका थिए ।

प्रकाशित मिति : मङ्लबार, फाल्गुन १३, २०७६ , २:३० बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology