काठमाडौं– पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजयप्रसाद मिश्रविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्यती मुद्दा दायर गरेका छन् । आफूविरुद्ध झुटा लाञ्छना लगाइएको भन्दै उनले प्रतिनिधिमार्फत् अदालतमा मुद्दा दायर गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा बाँस्कोटाले लेखका छन्,‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’
निवर्तमान सञ्चारमन्त्री बास्काटाले सेक्युरिटी मुद्रण खरिद गर्ने विषयमा ७० करोड करोड कमिसन मागेको अडियो मिश्रले सार्वजनिक गरेका थिए । जसका कारण मन्त्री बास्कोटाले पदबाट राजीनामा दिएका थिए ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्