बाँस्काेटाकाे घरमा बम विस्फाेट गर्नेलाई कडा कारबाही गर्न प्रचण्डकाे माग

बाँस्काेटाकाे घरमा बम विस्फाेट गर्नेलाई कडा कारबाही गर्न प्रचण्डकाे माग

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको नवनिर्मित घर नजिकै भएको विस्फोटको भर्त्सना गर्नुभएको छ ।

उहाँले विज्ञप्ति निकालेर विस्फोट गराउनेलाई आतङ्ककारीको संज्ञा दिँदै घटनामा संलग्नलाई कडा कारबाहीकाे माग गर्नुभएको छ ।

बुधबार बिहान पूर्वमन्त्री बास्काेटाकाे मध्यपुरथिमि नगरापालिका १ काे लाेकन्थली, मनाेहरा फाँटमा रहेको घर नजिकै बम विस्फोट हुँदा पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक (डीएसपी) शान्तिराज कोईरालाले जानकारी दिनुभयो ।

यस्तै नजिकै रहेको बा १९ च ४७८१ नम्बरको भ्यानको सिसामा तथा छिमेकी कुबेर केसी र कपिल घिमिरेको घरको सिसासमेत फुटेको प्रहरीले जनाएको छ । विस्फोट कसले गरायो भन्ने खुलेको छैन ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सरकारले प्रक्रियाअघि बढाइरहेका बेला तत्कालीन सञ्चार मन्त्री बास्कोटाले स्विस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि उहाँले राजीनामा दिनुभएको थियो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij