सवैलाई न्याय हुने गरी नै राजधानी निर्धारण गर्दछौँ :मन्त्री केसी

सवैलाई न्याय हुने गरी नै राजधानी निर्धारण गर्दछौँ :मन्त्री केसी

बुटवल – प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले सर्वसहमतिबाट नै स्थायी राजधानी र नामाकरण टुंगो लाग्ने बताउनु भएको छ् । उहाँले राजधानी र केन्द्र तोक्ने जस्तो विषयमा हतार गर्न नहुने भन्दै पाको र गहन ढंगले अध्ययन गरी घोषणा गर्ने तयारीमा रहेको बताउनु भयो ।
रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ बुटवलले बुधवार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री केसीले प्रदेश राजधानीका लागि तीन वटा क्षेत्र दावेदारीमा आएको भए पनि सवैलाई पायक पर्ने गरी निर्णय हुने बताउनु भयो । “राप्ती अन्चलको राजधानी तुलसीपुर, लुम्बिनी अन्चलको राजधानी बुटवल र भेरी अन्चलको राजधानी नेपालगन्ज जस्ता क्षेत्रहरुले दावेदारी पेश गरेका छन् । हामी सवैलाई न्याय हुने गरी नै राजधानी निर्धारण गर्दछौँ ।”
साक्षात्कारमा बोल्दै प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवल राजनीतिक क्षेत्रमात्र नभई इतिहाससँग जोडिएको क्षेत्र भएकाले बृहत्तर बुटवलमा नै राजधानी बन्ने बताउनु भयो । “भर्जिन ल्याडको खोजी हुँदैछ, जुन रुपन्देहीको विकल्प हुन सक्दैन । त्यस्तो स्थान कनेक्टीभिटी नभएको, एयरपोर्ट नभएको वा पूर्वाधार विहिन स्थान हुन सक्दैन् । नयाँ स्थानमा बनाउँदा ५० बर्ष लाग्न सक्छ । त्यसले समय मात्र होइन स्रोत समेतमा वाधा ल्याउँछ ।” —उहाँको कथन थियो ।
साक्षत्कारमा बोल्दै प्रदेश सभा सदस्य फकरुद्धिन खाँनले राजधानी र नामाकरणले प्रदेशको कार्यसम्पादनमाथि नै प्रश्न चिन्न उठेको बताउनु भयो । त्यस्तै समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष पाण्डे संघीय स्तरका नेताहरुबाट प्रदेशको राजधानी र नामाकरणका सन्दर्भमा निर्देशन दिनु गलत भएको बताउनु भयो ।
साक्षात्कार, क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij