काठमाडौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच पार्टी एकीकरणको औपचारिक घोषणा भएको छ । राष्ट्रियसभा गृहमा एक विशेष समारोहको आयोजना गरि एकताको औपचारिक घोषणा गरिएको हो । अध्यक्ष कमल थापा र पशुपतिशम्शेर जबराले पार्टी एकीकरण पत्र आदानप्रदान गरेर दुई पार्टी अबदेखि राप्रपा भएको घोषणा गरेका हुन् ।
कार्यक्रममा संबोधन गर्दै राप्रपाका अध्यक्ष कमल थापाले कुनै पनि प्रभावमा नपरि पार्टी एकता गरिएको स्पष्ट पार्नुभयो । देशी बिदेशी शक्तिको प्रभावमा परेर पार्टी एकता भयो भन्ने भ्रम छरिन सक्ने भन्दै अध्यक्ष थापाले चनाखो रहन आग्रह गर्नुभयो । पार्टीलाई माया गर्ने कार्यकर्ता र शुभेच्छुकहरुको दबाबका कारण एकता संभव भएको थापाको भनाई छ । देशमा बढ्दै गएको कम्युनिष्टहरुको दबदबाले पनि आँफुहरुलाई मिल्न प्रेरित गरेको उहाँले उल्लेख गर्नुभयो । मुलुक कठिन अवस्थाबाट गुज्रीरहेकाले जनता राष्ट्रवादी प्रजातान्त्रीक शक्तिको खोजीमा रहेको पनि दाबि गर्नुभयो ।
यस अघि गत शनिबार पार्टी एकताको सहमति पत्रमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका थिए ।
प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्