योजना आयोगले बुझायो लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना

योजना आयोगले बुझायो लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना

बुटवल ।
प्रदेश गौरवको योजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना प्रदेश योजना आयोगले प्रदेश सरकारलाई बुझाएको छ । आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले मुख्यमन्त्री शंकर पोखरेल समक्ष अस्पतालको गुरुयोजना बुझाउनुभएको हो ।गुरुयोजना बुझदै मुख्यमन्त्री पोखरेलले गुरुयोजना निर्माण गरेकोमा योजना आयोगलाई धन्यवाद दिदैँ डिपिआर तयार भएसँगै मुख्य भवन निर्माण गर्ने प्रक्रियामा प्रवेश गर्ने बताउनुभयो । साथै उनले व्यवसाहिक भवन बन्दा बन्दै निजी क्षेत्रले आफ्ना घर आफैँ भत्काउन लागेको दृश्य देखिएको बताउनुभयो । सरकारले टहरा भत्कायो भन्ने कुरामा आपत्ति गर्नु नपर्ने उहाले बताउनुभयो।
अत्याधुनिक भवन र अत्याधुनिक सुविधा सहितको अस्पतालमा मुख्य भवन १० तलाको निर्माण गर्ने योजना रहेको छ । निर्माण सम्पन्न गर्नका लागि करसहित १४ अर्बको बजेटको अनुमान गरिएको छ । निकट भविष्यमा २० तलाको भवन बनाउने योजना रहेको छ ।अहिले अस्पतालको नजिक रहेको वनको जग्गामा क्वाटर, अस्पतालको छतमा हेलिप्याड समेत हुने भएको छ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट हुने गरी गुरुयोजना निर्माण गरिएको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij