का
काठमाडौं ।
कोरोना कहरकाबीच सरकारले दुई वटा महत्वपूर्ण निर्णय लिएपछि नेपाली राजनीति गर्मिन पुगको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको मन्त्रिपरिषद बैठकबाट पार्टी विभाजनसम्बन्धि अध्यादेश र प्रमुख विपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय लिएका हुन् ।
यता राष्ट्रपति विद्यादेवी भण्डारीले आजै ती दुवै अध्यादेश जारीसमेत गरि सकेकी छिन् । तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री ओलीका कमदलाई व्यवस्थामाथिकै षड्यन्त्रका रुपमा ब्याख्य गरेका छन् ।’यो बेलामा सबै नागरिकले आफूलाई घरभित्र बन्दाबन्दीमा राखेर व्यक्तिगत रुपमा गर्नुपर्ने त्याग, दुःख, पीडा साह्रा खेपेर सरकारलाई साथ दिरहेका बेला प्रधानमन्त्री त्यसको फाइदा लुटेर षड्यन्त्र गर्ने रु आफ्नो पार्टीभित्र पनि षड्यन्त्र गर्ने रु व्यवस्थामाथि षड्यन्त्र गर्ने रु यो सब षड्यन्त्रकारीले गर्ने कुरा भयो । कोरोनाको सन्दर्भमा प्रश्न उठाउँदा पनि बेमौसमी बाजा भन्दै कोरोना विरुद्धको लडाईँमा अप्ठ्यारो पर्यो भन्ने रु’
संकटका बेला सरकार अनावश्यक काममा लागेर जिम्मेवारीबाट च्युत भएको थापाको आरोप छ । ‘अनि यो बेलामा यति अनावश्यक र अहिलेको सन्दर्भका कुनै औचित्य नभएको काम सरकारले गर्ने कुराले आफ्नो न्युनतम जिम्मेवारीबाट पनि च्युत भएको कुरा हो । यतिबेला कोरोनाविरुद्धको लडाइँलाई यसले डाइभट गर्यो,’ उनले भने, ‘सरकारले जुनविषयकम विषयान्तर नहोस् भनेर चाहनुपर्ने त्यही कुरामा विषयान्तर गराएर आफ्नो दायित्वबाट भाग्यो । पहिलो कुरा षड्यन्त्र र दोस्रो कुरा सरकार आफ्ना जिम्मेवारीबाट च्युत भएको कुरा हो ।
यस्तै विपक्षी नेता विना संवैधानिक परिषद्बाट निर्णय गर्ने गरी अध्यादेश जारी गरिनुले प्रधानमन्त्रीको अधिनायवादी शैली प्रस्टिएको थापाको दाबी छ । उनले भने, ‘विपक्षी दलको नेता विना संवैधानिक परिषदले निर्णय गर्न सक्ने बाटो रोच्नुले प्रधानमन्त्री यतिधेरै अधिनायकी महत्वकांक्षाले काम गर्नुभएको भनेर हामीले पहिला पहिला भन्दा आएको कुरालाई थप पुष्टि गर्ने काम गर्नुभयो ।’
कोरोनाको महामारीसँग लड्न सबैलाई साथमा लिनुपर्ने बेला प्रधानमन्त्री संविधानमा सुविचारित ढंगले राखेका प्रवाधान चलाउनतिर लागेकोप्रति आक्रोश व्यक्त गरे ।
‘एकातिर प्रधानमन्त्री यो लडाइँमा सबैले साथ दिनुपर्छ, सबै सहयोग चाहिएको छ कुनै पनि संयन्त्र चाहिएको छैन भनिराख्ने रु अर्कोतिर संविधानले गरेको न्युनतम व्यवस्था चलाउन खोज्ने रु यो व्यवस्था त सुविचारित ढंगले संविधानमा राखिएको हो । यो प्रधानमन्त्रीको लहले सच्याउने विषय पनि होइन । संवैधानिक परिषद्मा प्रतिपक्षी दलको नेता राख्ने हाम्रो जुन खालको संवैधानिक प्रबन्ध छ । यो संवैधानिक प्रबन्ध भनेको संसदीय व्यवस्थामा शक्तिसन्तुलनको विषय हो,’ थापाले भने ।
संवैधानिक प्रबन्धको यसरी खिल्ली उडाउने भन्दै प्रधानमन्त्री ओलीलाई उनले प्रश्न गरे ।
‘संवैधानिक निकायले कार्यकारीलाई चेक गर्ने काम गर्छ । संवैधानिक निकाय बनाउने कुरामा प्रमुख प्रतिपक्षी दलको नेताको सहभागिताले चेक हुन्छ । होइन भने कार्यकारणीको छाया जस्तो हुन्छ भनेर यो संवैधानिक प्रबन्ध गरिएको हो । यो संवैधानिक प्रबन्धको यसरी खिल्ली उठाउने रु संवैधानिक प्रवन्धको आधारमा गएर हान्ने रु त्यो पनि यस्तो बेलामा रु , ‘थापाको प्रश्न छ ।
प्रधानमन्त्रीको मनोदशा ठीक नभएको भन्दै शासन गर्ने क्षमता गुमाइसकेको उनको भनाइ छ ।
प्रकाशित मिति : सोमबार, बैशाख ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्